दमकमा मंगलबार स्थानीय सार्वजनिक बिदा

दमक १ असार । दमक नगरपालिकाले मंगलबार एक दिनका लागि स्थानीय सार्वजनिक बिदा घोषणा गरेको छ ।

 

नगरपालिकाले सोमबार जारी गरेको विज्ञप्तिमार्फत धिमाल समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ‘सुरुवा जातिरी’ को अवसरमा नगरभित्रका सबै मातहतका कार्यालय तथा संस्थाहरूमा बिदा दिने निर्णय गरिएको जनाएको हो ।

 

नगर कार्यपालिकाको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको नगरपालिकाले स्पष्ट पारेको छ । धिमाल समुदाय दमकको आदिवासी तथा प्रथम बसोबासी समुदाय भएकाले उनीहरूको मौलिक संस्कृति, परम्परा र पर्वप्रति सम्मान व्यक्त गर्दै स्थानीय बिदा दिने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नगर प्रमुख रामकुमार थापाद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार दमक नगरपालिका कार्यालय, सबै वडा कार्यालय, आधारभूत स्वास्थ्य केन्द्र तथा नगरपालिकामातहत सञ्चालनमा रहेका शैक्षिक संस्थाहरूमा मंगलबार सार्वजनिक बिदा रहनेछ ।

 

नगरपालिकाले सुरुवा जातिरी पर्व मनाउने सम्पूर्ण धिमाल समुदायप्रति शुभकामना व्यक्त गर्दै पर्वले सामाजिक सद्भाव, सांस्कृतिक संरक्षण र समुदायबीचको एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

काठमाडौं ,१ असार। नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक एसएमएस पठाउने गतिविधि भइरहेको पाइएकोले

सडकले जोड्दै सम्भावना, पुलले छोट्याउँदै दूरीः कोशी प्रदेशको पूर्वाधार यात्राले देखायो यस्तो परिवर्तन

दमक १ असार ।कोशी प्रदेशमा पछिल्लो पाँच वर्षमा पूर्वाधार विकासले उल्लेखनीय गति लिएको छ। प्रदेश सरकारको स्थापना हुँदा संघीयताको प्रभावकारितामाथि प्रश्न उठ्ने गरेको थियो। तर

काग्रेस एमाले जोडीएका सबै फाईल खोल्न चुनौती, सरकारले तर्साएको भन्दै एमाले सांसदको आक्रोस

दमक १ असार । टि–स्टेटको फाइल सबैभन्दा पहिला खोलियोस्। विपक्षीसँग जोडिएका ओम्नी, वाइडबडी के–के छन्, ती सबै फाइल खोलियोस्। यदि छानविन हुँदा प्रमाणित भएन भने

पूर्वका बस कर्मचारीको बदमासी, गन्तव्यसम्म पु¥याउने वाचा, बीच बाटोमै धोका

दमक १ असार । यात्रु भनेको भाडा तिर्ने ग्राहक हो कि बाटोमा जहाँ मन लाग्यो त्यहीँ झार्न मिल्ने सामान ? यो प्रश्न यतिबेला काँकरभिट्टा देखी

थाल बजाउँदै न्यायको पुकारः कीर्तिपुरका सुकुम्बासीको प्रश्न, राज्य कहिले सुन्छ?

दमक १ असार । दमक, केही वर्षअघि काठमाडौं महानगरको नेतृत्वमा नयाँ आशा देखिएको थियो। पुराना राजनीतिक दलप्रति वितृष्णा बढिरहेका बेला “गरिबको पनि सरकार हुन्छ“, “नियम

दमकमा मंगलबार स्थानीय सार्वजनिक बिदा

दमक १ असार । दमक नगरपालिकाले मंगलबार एक दिनका लागि स्थानीय सार्वजनिक बिदा घोषणा गरेको छ ।   नगरपालिकाले सोमबार जारी गरेको विज्ञप्तिमार्फत धिमाल समुदायको महत्वपूर्ण