बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

काठमाडौं ,१ असार। नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक एसएमएस पठाउने गतिविधि भइरहेको पाइएकोले सचेत रहन नेपाल टेलिकमले अनुरोध गरेको छ । यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ ।

नेपाल टेलिकमले ग्राहकलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंकप्रति सचेत रहन अनुरोध गरेको छ । कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरण सुरक्षित राख्न समेत कम्पनीले अनुरोध गरेको छ ।

अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न, ओटिपि, पासवर्ड, पि आइएन, सिभिभि लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्न र बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्न समेत कम्पनीले सुझाव दिएको छ । शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थालाई तत्काल जानकारी गराउन समेत अनुरोध गरेको छ ।

ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकाले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहकलाई अनुरोध समेत गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

काठमाडौं ,१ असार। नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक एसएमएस पठाउने गतिविधि भइरहेको पाइएकोले

सडकले जोड्दै सम्भावना, पुलले छोट्याउँदै दूरीः कोशी प्रदेशको पूर्वाधार यात्राले देखायो यस्तो परिवर्तन

दमक १ असार ।कोशी प्रदेशमा पछिल्लो पाँच वर्षमा पूर्वाधार विकासले उल्लेखनीय गति लिएको छ। प्रदेश सरकारको स्थापना हुँदा संघीयताको प्रभावकारितामाथि प्रश्न उठ्ने गरेको थियो। तर

काग्रेस एमाले जोडीएका सबै फाईल खोल्न चुनौती, सरकारले तर्साएको भन्दै एमाले सांसदको आक्रोस

दमक १ असार । टि–स्टेटको फाइल सबैभन्दा पहिला खोलियोस्। विपक्षीसँग जोडिएका ओम्नी, वाइडबडी के–के छन्, ती सबै फाइल खोलियोस्। यदि छानविन हुँदा प्रमाणित भएन भने

पूर्वका बस कर्मचारीको बदमासी, गन्तव्यसम्म पु¥याउने वाचा, बीच बाटोमै धोका

दमक १ असार । यात्रु भनेको भाडा तिर्ने ग्राहक हो कि बाटोमा जहाँ मन लाग्यो त्यहीँ झार्न मिल्ने सामान ? यो प्रश्न यतिबेला काँकरभिट्टा देखी

थाल बजाउँदै न्यायको पुकारः कीर्तिपुरका सुकुम्बासीको प्रश्न, राज्य कहिले सुन्छ?

दमक १ असार । दमक, केही वर्षअघि काठमाडौं महानगरको नेतृत्वमा नयाँ आशा देखिएको थियो। पुराना राजनीतिक दलप्रति वितृष्णा बढिरहेका बेला “गरिबको पनि सरकार हुन्छ“, “नियम

दमकमा मंगलबार स्थानीय सार्वजनिक बिदा

दमक १ असार । दमक नगरपालिकाले मंगलबार एक दिनका लागि स्थानीय सार्वजनिक बिदा घोषणा गरेको छ ।   नगरपालिकाले सोमबार जारी गरेको विज्ञप्तिमार्फत धिमाल समुदायको महत्वपूर्ण