चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

काठमाडौं,२ असार । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा व्यस्त हुनुहुन्छ । सोमबार चीनको राजधानी बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट्घाट गर्नु भएको छ ।

चीनले आफ्नो छिमेकी कूटनीतिमा नेपालसँगको सम्बन्धलाई सधैं महत्त्वपूर्ण स्थानमा राखेको बताउँदै सबै नेपाली जनताप्रति मैत्रीपूर्ण नीति अपनाएको जानकारी दिनुभयो ।

भेटवार्तामा वाङले नेपाल र चीन वर्षौंदेखि असल छिमेकी रहेको स्मरण गर्दै नेपालको लागि विकास, समृद्धि र आधुनिकीकरणको यात्रामा भरपर्दो छिमेकी तथा साझेदार रहने बताउनु भयो ।

।भेटका क्रममा वाङले ‘टाढाको आफन्त भन्दा नजिकको छिमेकी राम्रो’ हुने पनि उल्लेख गर्नु भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य वाङले चीनले सधैंजस्तै नेपाललाई आफ्नो राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको रक्षा गर्न र आफ्नै राष्ट्रिय परिस्थिति अनुरूप विकास मार्गको खोजीमा सहयोग गर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो,‘चीन उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहयोगलाई संयुक्त रूपमा अगाडि बढाउन, पावर ग्रिड, राजमार्ग, सीमा बन्दरगाह र उड्डयनमा सहकार्यमा ध्यान केन्द्रित गर्न र नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देशमा रूपान्तरण गर्न मद्दत गर्न नेपालसँग काम गर्न इच्छुक छ ।’

वाङले दुवै पक्षलाई विभिन्न सहयोग प्लेटफर्म र संयन्त्रहरूको पूर्ण उपयोग गर्न, व्यावहारिक सहयोगलाई गहिरो बनाउन र सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्न आह्वान गर्नु भयो।

‘चीनले चिनियाँ उद्यमहरूलाई नेपालमा लगानी र व्यापार गर्न प्रोत्साहित गर्दछ, र नेपाली पक्षले अझ समतामूलक र पारदर्शी व्यापार वातावरण प्रदान गर्ने आशा गर्दछ,’ उहाँले थप्नु भयो।

सो क्रममा खनालले नेपालको राष्ट्रिय विकास र जनताको जीविकोपार्जनमा सुधारको लागि चीनको लामो समयदेखिको समर्थनको लागि कृतज्ञता व्यक्त गर्दै चीनले नेपाललाई सधैं समान व्यवहार गरेको र यसको सार्वभौमसत्ता र स्वतन्त्रताको सम्मान गरेको उल्लेख गर्नु भयो।

‘नेपाल एक चीन नीतिप्रति दृढतापूर्वक प्रतिबद्ध छ । पूर्ण पुनर्मिलन प्राप्त गर्ने चीनको प्रयासलाई समर्थन गर्दछ । र चीनको हितलाई कमजोर पार्न नेपालको भूभाग प्रयोग गर्न कुनै पनि शक्तिलाई कहिल्यै अनुमति दिने छैन,’ खनालले भन्न्ुा भयो।

चीनको विकासले नेपालको लागि अवसरहरू प्रदान गर्दछ भन्दै खनालले भन्नु भयो,‘नेपालले चीनबाट लगानीलाई स्वागत गर्दछ र चिनियाँ उद्यमहरूलाई निष्पक्ष, कानूनमा आधारित र मैत्रीपूर्ण व्यापार वातावरण प्रदान गर्न इच्छुक छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिम्लुङ हिमालमा आज मात्रै ८ शव भेटिए, हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौँ , असोज १५ । मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा अहिलेसम्म पाँच नेताको दाबेदारी

काठमाडौं, असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा हुने महाधिवेशनमा

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने प्रसिद्ध झोलुङ्गे पुलमा क्षति, आवतजावत पूर्ण रूपमा ठप्प

दाङ, असोज १५ । सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुंगे पुलमा महाकालीको बाढीले क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ। दोधारा चाँदनी नगरपालिका–४

स्वदेशमै उत्पादित रासायनिक मलको बजार सुनिश्चितताका लागि नीतिगत बाटो खोजिँदै

काठमाडौं , असोज १५। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको बजार सुनिश्चित गर्न सरकारले आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्ने भएको

दुर्घटना न्यूनीकरणका लागि मकवानपुर ट्राफिक सक्रिय : राजमार्गमा विशेष जाँच अभियान सुरु

हेटौँडा , असोज १५। बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको