फाइल खोल्छु भन्दै धम्की दिन मिल्छ ? रेखा यादव

काठमाडौं,१ असार । सांसद रेखा यादवले सरकारमाथि विभिन्न संवेदनशील विषयमा जानकारी लुकाउने र संसदप्रति गैरजिम्मेवार व्यवहार गरेको आरोप लगाउनु भएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले मानव अधिकारसम्बन्धी प्रतिवेदन लुकाइएजस्तै गृहमन्त्रीसँग सम्बन्धित प्रतिवेदन पनि सरकारले लुकाएको आरोप लगाउनु भयो।

सांसद यादवले अर्थमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति पनि कडा आपत्ति जनाइन्। उनले मन्त्रीले संसदको रोष्टमबाट सांसदहरूलाई धम्क्याउने शैलीमा बोल्नु उपयुक्त नभएको बताउनु भयो।

उहाँले भन्न्ुाभयो्,‘मानव अधिकारको रिपोर्ट जसरी लुकाइयो त्यसरी नै गृहमन्त्रीको रिपोर्ट पनि लुकाइएको छ । त्यस्तै,अर्थमन्त्रीज्यूको अभिव्यक्तिप्रति घोर आपत्ति जनाउन चाहन्छु । मन्त्रीले रोष्ट्रमबाट सांसदलाई थर्काउने होइन् । देशमा नियम कानुन छ, फाइल खोल्छु भन्दै धम्की दिन मिल्छ ? नियम, कानुन अन्तर्गत फाइल खोलेर कारवाही गर्ने हो आफ्नो बचाउको लागि धम्की दिने होइन् ।’

सीमा विवादको विषय उठाउँदै यादवले प्रधानमन्त्रीबाट अझै स्पष्ट र ठोस जवाफ नआएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले यसअघि परराष्ट्रमन्त्रीले दिएको जवाफ ढाकछोप मात्र भएको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि सीमाक्षेत्रमा देखिएका गतिविधिको जिम्मेवारी कसले लिने भन्ने प्रश्न पनि उहाँले उठाउनुभयो।

उहाँले भन्नुभयो्,‘प्रधानमन्त्रीले दिनुभएको सीमा सम्बन्धी विवादको ठोस् जवाफ कहिले आउँछ ? म सरकारसँग माग गर्न चाहन्छु । विगतमा केटाकेटीलाई ललिपप देखाएको जस्तो परराष्ट्रमन्त्रीले हामीलाई जवाफ दिनुभयो । त्यो सबैलाई थाहा छ । ढाकछोप गर्ने काम मात्र भएको हो ।

त्यसैगरी उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले ठेकेदारले काम नगरे ‘खुट्टा भाँचिदिने’भनेर अभिव्यक्ति दिएको विषयमा पनि आपत्ति जनाउनु भयो।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

साथीको विश्वासदेखि अपहरणसम्म : किशोर अपहरण प्रकरणले दिएको गम्भीर सन्देश

चितवन ,३ असार । चितवनका १६ वर्षीय किशोर रिशव गुप्ताको अपहरण र १८ घण्टामै भएको सकुशल उद्धारले समाजमा बढ्दै गएको अपराधको नयाँ स्वरूप उजागर गरेको

झापा प्रहरीको ’स्वीप अपरेसन’: २ दिनमा ९२ जना पक्राउ

झापा,३ असार ।जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट ९२ जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो शाखा

ओझेलमा परेको दलित इतिहास ब्युँताउँदै कालीकोटको ’लुहारेकोट’: पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

कालीकोट, ३ असार । कर्णाली प्रदेशको विकट मानिने कालीकोट जिल्लामा दलित समुदायको गौरवशाली र ऐतिहासिक पृष्ठभूमि बोकेको ’लुहारेकोट’ बिस्तारै पर्यटकीय गन्तव्यका रूपमा विकसित हुन थालेको

रोजगारी सिर्जना र प्रवद्र्धन साझा उद्देश्य रहेको श्रममन्त्री यादवको धारणा

काठमाडौं,३ असार । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगारी प्रवद्र्धनलाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताउनु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन

मन्त्री यादवको जवाफप्रति असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीद्वारा वेल घेराउ

काठमाडौं,३ असार । श्रम संस्कृति पार्टीका सांसदहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव ले प्रतिनिधिसभामा दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका छन्।