बजेटमा कर्णालीको सडक पूर्वाधारलाई उपेक्षा गरिएको सांसद रोकायको गुनासो

काठमाडौं,२ जेठ । नेपाली कांग्रेसका सांसद जयपति रोकायले सरकारले ल्याएको बजेटले हुम्ला र समग्र कर्णाली प्रदेशको सम्भावना तथा आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताउनु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले बजेटमा हुम्लाको हिल्सामा पशु क्वारेन्टाइन स्थापना गर्ने व्यवस्था गरिएकोमा सरकारलाई धन्यवाद दिनु भयो।

 

तर क्वारेन्टाइन स्थापना मात्र पर्याप्त नभएको भन्दै त्यसमार्फत कर्णालीबाट निर्यात हुन सक्ने उत्पादनहरूको व्यवसायीकरण, बजारीकरण र प्रवद्र्धनका लागि आवश्यक नीति तथा कार्यक्रमको अभाव रहेको बताउनु भयो। उहाँले भन्नु भयो,‘बजेटले हुम्ला र समग्र कर्णालीको सम्भावनालाई पूरै नजरअन्दाज गरेको छ । अहिलेको बजेटमा हुम्लाको हिल्सामा पशु क्वारेन्टाइन स्थापना गरिने भनेको छ । त्यसको लागि सरकारलाई धन्यवाद छ । तर उक्त क्वारेन्टाइन भएपनि कर्णालीले निर्यात गर्न सक्ने उत्पादनहरुको व्यवसायीकरण सरकारको कुनै नीति देखिएको छैन् ।’

 

उहाँले हुम्ला अझै पनि मुख्य रूपमा हवाई यातायातमा निर्भर रहेको उल्लेख गर्दै सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ। विशेषगरी कर्णाली करिडोरलाई स्तरोन्नति र कालोपत्रे गरी यातायातलाई सहज, सुरक्षित र भरपर्दो बनाउने विषयमा बजेटले अपेक्षित महत्व नदिएको उहाँको भनाइ थियो। ‘हुम्ला अझै पनि हवाई यातायतमा निर्भर छ । कर्णाली करिडोरलाई छिटोभन्दा छिटो स्तरोन्नीकासाथै कालोपत्रेगरी हुम्लाबासीको यातायत चाँडोभन्दा चाँडो सहज र सुरक्षित बनाउने सवालमा बजेटले खासै महत्व दिएको छैन ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नगरपालिकाले दियो दिगो विकास व्यवस्थापनका लागि दुई दिने लेखा व्यवस्थापन तालिम

दमक, २ असार । दमक नगरपालिका वडा नं. ८ स्थित वडा कार्यालयमा मंगलबार टोल विकास संस्थाका पदाधिकारीहरूका लागि आयोजित दुई दिवसीय लेखा व्यवस्थापन तालिमको दोस्रो

कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन सहसचिव सापकोटा

काठमाडौं ,२ असार। शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले निजी शिक्षालयहरु कानुनी परिधिभित्र बसेर काम गर्न सुझाव दिनु भएको छ । उहाँले कानुनी दायरा

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ

काठमान्डौं २ असार ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ । अख्तियार सम्बद्ध स्रोतका अनुसार उनलाई राहदानी (पासपोर्ट) खरिद प्रकरणको

शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा शुल्क लगाउनु गलत : उमेश श्रेष्ठ

काठमाडौं ,२ असार। शिक्षा उद्यमी उमेश श्रेष्ठले नेपाललाई शिक्षाको हबका रुपमा विकास गर्न सकिन ेबताउनु भएको छ । उहाँँले शिक्षा, प्रविधि र एआईको हबका रूपमा

मन्त्री मेहता र राजदूत योङबीच भेट, कोरियामा रहेका नेपालीको स्वास्थ्यमा ध्यान दिन आग्रह

काठमाडौं, २ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत महामहिम पार्क ताय योङबीच शिष्टाचार भेटघाट भएको छ।

’बजेट पूर्ण रूपमा कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्छ’ : सांसद थापा

काठमाडौं,२ असार । प्रतिनिधिसभा सांसद विक्रम थापाले अर्थमन्त्रीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पूर्ण रूपमा कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्नसक्ने बताउनु भएको छ। मंगलबार