नगरपालिकाले दियो दिगो विकास व्यवस्थापनका लागि दुई दिने लेखा व्यवस्थापन तालिम

दमक, २ असार । दमक नगरपालिका वडा नं. ८ स्थित वडा कार्यालयमा मंगलबार टोल विकास संस्थाका पदाधिकारीहरूका लागि आयोजित दुई दिवसीय लेखा व्यवस्थापन तालिमको दोस्रो दिन सम्पन्न भएको छ।

कार्यक्रममा वडा अध्यक्ष धर्मप्रसाद दाहाल, वडा सदस्य हरी माया चुडाल, आर्थिक प्रशासन शाखा प्रमुख देवी प्रसाद कोईराला  लगायतको उपस्थिति रहेको थियो। भने प्रशिक्षक धनबहादुर पाण्डेले गराउनु भएको थियो । उहाँले सहभागी हरूलाई विभिन्न देशको उदाहरण दिँदै यस्तो खालका कार्यक्रमहरू किन पनि महत्वपूर्ण छन् भन्ने बारे जानकारी गराउनुभएको थियो।

विशेषगरी लेखा व्यवस्थापन तालिमले टोलमा रहेका विभिन्न संघसंस्थामा आबद्ध रहेका व्यक्तिहरूलाई अथवा पदाधिकारीहरुलाई उनीहरूको आर्थिक पक्षका बारेमा विभिन्न तालिम दिएर आत्मबल पठाउनुका साथै यावत विषयमा आफै गर्न सक्ने क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ।

दमक नगरपालिकाको आयोजनामा सम्पन्न उक्त तालिममा टोल विकास संस्थाका पदाधिकारीहरूलाई लेखा व्यवस्थापन कसरी गर्न सकिन्छ, आर्थिक पारदर्शिता, आम्दानी र खर्च अभिलेखीकरण, वित्तीय अनुशासन तथा संस्थागत सुशासन बारे विभिन्न  विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा विभिन्न टोल विकास संस्थाका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।

यस्ता कार्यक्रमहरूले संस्थामा आबद्ध रहेका पदाधिकारीहरूको क्षमता अभिवृद्धि भई स्थानीय तहमा सुशासन र विकासका गतिविधि थप प्रभावकारी बन्न सक्ने पालिकाले विश्वास व्यक्त गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नगरपालिकाले दियो दिगो विकास व्यवस्थापनका लागि दुई दिने लेखा व्यवस्थापन तालिम

दमक, २ असार । दमक नगरपालिका वडा नं. ८ स्थित वडा कार्यालयमा मंगलबार टोल विकास संस्थाका पदाधिकारीहरूका लागि आयोजित दुई दिवसीय लेखा व्यवस्थापन तालिमको दोस्रो

कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन सहसचिव सापकोटा

काठमाडौं ,२ असार। शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले निजी शिक्षालयहरु कानुनी परिधिभित्र बसेर काम गर्न सुझाव दिनु भएको छ । उहाँले कानुनी दायरा

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ

काठमान्डौं २ असार ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ । अख्तियार सम्बद्ध स्रोतका अनुसार उनलाई राहदानी (पासपोर्ट) खरिद प्रकरणको

शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा शुल्क लगाउनु गलत : उमेश श्रेष्ठ

काठमाडौं ,२ असार। शिक्षा उद्यमी उमेश श्रेष्ठले नेपाललाई शिक्षाको हबका रुपमा विकास गर्न सकिन ेबताउनु भएको छ । उहाँँले शिक्षा, प्रविधि र एआईको हबका रूपमा

मन्त्री मेहता र राजदूत योङबीच भेट, कोरियामा रहेका नेपालीको स्वास्थ्यमा ध्यान दिन आग्रह

काठमाडौं, २ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत महामहिम पार्क ताय योङबीच शिष्टाचार भेटघाट भएको छ।

’बजेट पूर्ण रूपमा कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्छ’ : सांसद थापा

काठमाडौं,२ असार । प्रतिनिधिसभा सांसद विक्रम थापाले अर्थमन्त्रीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पूर्ण रूपमा कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्नसक्ने बताउनु भएको छ। मंगलबार