गभर्नरको हस्ताक्षर सहित ५०० को नयां नोट बजारमा

काठमान्डौं,३ असार । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ ।

बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार आजदेखि उक्त नयाँ नोट बजारमा पठाउन लागिएको हो ।

नयाँ नोटको अगाडि भागमा सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको वाटरमार्क रहेको छ ।

दृष्टिविहीन व्यक्तिहरूले सजिलै नोट पहिचान गर्न सकून् भन्ने उद्देश्यले नोटको बायाँतर्फ दुईवटा काला थोप्लाहरू राखिएका छन् ।

नोटको सुरक्षा विशेषतालाई थप सुदृढ बनाउन सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र कुबेरको चित्र राखिएको छ, जुन सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिन्छ । त्यस्तै, ३.५ मि.मि. चौडा भएको सुरक्षण धागोलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ्गमा परिवर्तन हुने बनाइएको छ ।

नोटको अगाडिको भागमा गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ भने तल्लो खण्डमा सिरिज नम्बर “वि.सं. २०८२” लेखिएको छ । यो नै डा. पौडेलले हस्ताक्षर गरेको पहिलो नोट हो ।

नोटको पृष्ठ भाग (पछाडि) तर्फ पाटेबाघको चित्र रहेको छ र सोको माथि ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ । नोटको तल्लो खण्डमा अंग्रेजीमा ‘रुपीज फाइभ हन्ड्रेड’ र सिरिज नम्बर ‘२०२५’ उल्लेख गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति