झापा प्रहरीको ’स्वीप अपरेसन’: २ दिनमा ९२ जना पक्राउ

झापा,३ असार ।जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट ९२ जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टा तथा मातहतका कार्यालयबाट खटिएको विशेष टोलीले सोमबार र मंगलबार ‘स्वीप अपरेसन’ गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्लाका विभिन्न शंकास्पद स्थानमा संचालित अपरेसनका क्रममा ७९ पुरुष र ४ महिला गरी ८३ जना लागुऔषध सेवनकर्ता र ९ जना कारोबारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट प्लास्टिकबाहेक ३८ ग्राम ११० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लिसिलो पदार्थ र ३ ग्राम ९०० मिलिग्राम गाँजा बरामद गरिएको छ।

विकास भुजेल (२७ वर्ष, दमक न.पा.–३) र सरिता राजवंशी (३० वर्ष, भद्रपुर न.पा.–७):उनीहरूको साथबाट ५ ग्राम ९० मिलिग्राम खैरो हेरोइन बरामद।

देवेन्द्र विक (१८ वर्ष, बिर्तामोड न.पा.–६): १ ग्राम ४२० मिलिग्राम खैरो हेरोइन बरामद।

गणेशप्रसाद ओली (३९ वर्ष, बिर्तामोड–३ घर भई हाल वडा नं. ४ मा डेरा गरी बस्ने): ३०० मिलिग्राम खैरो हेरोइन बरामद।

चाल्स लिम्बु (२६ वर्ष, बिर्तामोड न.पा.–४) र उमेश राजवंशी (३० वर्ष, वडा नं. ३): प्रतिबन्धित गाँजा ३ ग्राम ९०० मिलिग्रामसहित पक्राउ।

’एलेक्स’ भन्ने सुरज ढकाल (शिवसताक्षी न.पा.–७, चन्द्रडाँगी): घरको कोठा खानतलासी गर्दा २० ग्राम ४१० मिलिग्राम खैरो हेरोइन बरामद।

सोनी खाती (२४ वर्ष, चितवन भरतपुर म.न.पा.–१४) र सीता राजवंशी (६० वर्ष, मेचीनगर न.पा.–६, काँकरभिट्टा): १० ग्राम ७७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार नियन्त्रणमा लिइएका ९ जना मुख्य कारोबारीमाथि हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। नियन्त्रणमा लिइएका अन्य लागुऔषध सेवनकर्ताहरूलाई आवश्यक मनोपरामर्श सेवा प्रदान गरी अभिभावकको जिम्मा लगाउने तथा आवश्यकता अनुसार पुनःस्थापना केन्द्र मा पठाउने कार्य भइरहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

साथीको विश्वासदेखि अपहरणसम्म : किशोर अपहरण प्रकरणले दिएको गम्भीर सन्देश

चितवन ,३ असार । चितवनका १६ वर्षीय किशोर रिशव गुप्ताको अपहरण र १८ घण्टामै भएको सकुशल उद्धारले समाजमा बढ्दै गएको अपराधको नयाँ स्वरूप उजागर गरेको

झापा प्रहरीको ’स्वीप अपरेसन’: २ दिनमा ९२ जना पक्राउ

झापा,३ असार ।जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट ९२ जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो शाखा

ओझेलमा परेको दलित इतिहास ब्युँताउँदै कालीकोटको ’लुहारेकोट’: पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

कालीकोट, ३ असार । कर्णाली प्रदेशको विकट मानिने कालीकोट जिल्लामा दलित समुदायको गौरवशाली र ऐतिहासिक पृष्ठभूमि बोकेको ’लुहारेकोट’ बिस्तारै पर्यटकीय गन्तव्यका रूपमा विकसित हुन थालेको

रोजगारी सिर्जना र प्रवद्र्धन साझा उद्देश्य रहेको श्रममन्त्री यादवको धारणा

काठमाडौं,३ असार । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगारी प्रवद्र्धनलाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताउनु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन

मन्त्री यादवको जवाफप्रति असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीद्वारा वेल घेराउ

काठमाडौं,३ असार । श्रम संस्कृति पार्टीका सांसदहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव ले प्रतिनिधिसभामा दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका छन्।