विज्ञान र प्रविधि मन्त्रालयलाई वेवारिसे बनाइयोः मन्त्री पुन

काठमाडौं,४ जेठ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तन क्षेत्रलाई विगतमा राजनीतिक भागबण्डाको शिकार बनाइएको भन्दै मन्त्रालयलाई ‘टुहुरो र वेवारिसे’ मन्त्रालयका रूपमा व्यवहार गरिएको बताउनु भएको छ्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उहाँले धेरै यस मन्त्रालयलाई नयाँ भनेर चिनेको भएतापनि २०५३ सालमै स्थापना भएको स्पष्ट पार्नु भयो।

 

उहाँले भन्नु भयो, ‘धेरैलाई महावीर पुन आएर नयाँ मन्त्रालय बनाएको भन्ने लागेको छ । यो नयाँ मन्त्रालय होइन । २०५३ सालमै बनेको मन्त्रालय हो तर विभिन्न समयमा कहिले एउटा मन्त्रालयसँग त कहिले अर्को मन्त्रालयसँग जोडिँदै आएको छ । २०७५ सालमा शिक्षामन्त्रालयसँग जोडियो। यसरी यो वेवारिसे र टुहुरो मन्त्रालयजस्तै बनाइयो,’ उहाँले भन्नु भयो। मन्त्री पुनले हाल पुर्नजन्म लिएको मन्त्रालयका रूपमा स्थापना भएको उल्लेख गर्दै यसलाई मन्त्रालयको ‘सातौँ पुर्नजन्म’को संज्ञा दिनु भयो ।उहाँले भन्नु भयो, ‘यो मन्त्रालयको सातौं पुर्नजन्म हो । यसमा राजनीतिकरण भयो। भागबण्डाको राजनीतिले यो मन्त्रालयलाई खायो। त्यसैले यो हेला गरिएको मन्त्रालय थियो। अहिलेको सरकारले यसलाई फेरि नयाँ मन्त्रालयका रूपमा ल्याएको छ ।’

 

आफू राजनीतिमा व्यक्तिगत महत्वाकांक्षाका कारण नभई देशप्रतिको माया र जिम्मेवारीबोधका कारण आएको पनि उहाँले बताउनु भयो। उहाँले भन्नु भयो, ‘देशसँग पिरती बसेको कारणले म सांसद र मन्त्री भएँ। नत्र म सांसद वा मन्त्री हुने मान्छे होइन । अमेरिकाबाट घुम्न मात्रै गाउँ आएको थिएँ। सुरुमा गाउँसँग माया बस्यो, त्यसपछि जिल्लासँग बस्यो र अन्ततः पूरै देशसँग नै माया बस्यो ।’ मन्त्री पुनले विज्ञान, प्रविधि र नवप्रवर्तनको विकासमार्फत देशको समृद्धिमा योगदान पु¥याउने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो