प्रविधिमैत्री सुरक्षा र सुशासनमा गृहमन्त्रीको जोड

काठमाडौं,४ असार । गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमार्फत गृह प्रशासनलाई परम्परागत सुरक्षा प्रणालीबाट प्रविधिमैत्री, परिणाममुखी र नागरिकमैत्री प्रणालीमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले राष्ट्रिय सुरक्षा, सुशासन, साइबर अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रम अघि सारिएको जानकारी दिनु भएको हो।

 

उहाँले ‘वान आईडी, मल्टिपल गभर्मेन्ट सर्भिस’ अवधारणाअन्तर्गत राष्ट्रिय परिचयपत्रलाई सबै सार्वजनिक सेवासँग आबद्ध गरिने बताउनु भयो । यसबाट नागरिकले एउटै परिचयपत्रमार्फत विभिन्न सरकारी सेवा प्राप्त गर्न सक्ने उहाँको भनाइ थियो ।साइबर अपराध नियन्त्रणका लागि नेपाल प्रहरीको अनुसन्धान क्षमता विस्तार गर्न ५० करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै उहाँले कृत्रिम बुद्धिमत्ता (एआई) तथा एडभान्स एनालिटिक्स प्रविधि प्रयोग गरी अनुसन्धानलाई थप वैज्ञानिक बनाइने बताए। साइबर ब्युरोलाई आवश्यक उपकरण र स्रोतसाधन उपलब्ध गराइने पनि उहाँले उल्लेख गर्नु भएको छ।

महिला तथा लैङ्गिक हिंसाबाट पीडितलाई न्याय सुनिश्चित गर्न विशेष संयन्त्र सक्रिय बनाइएको तथा ‘हेलो गृह कल सेन्टर’ मार्फत नागरिकका गुनासो २४ सै घण्टा सुनुवाइ गर्ने व्यवस्था गरिएको मन्त्री गुरुङले बताउनु भयो । नेपाल प्रहरीले ‘केस ट्र्याकिङ सिस्टम’ सञ्चालनमा ल्याइसकेको र सेवाग्राहीलाई एसएमएसमार्फत जानकारी उपलब्ध गराउने व्यवस्था गरिएको उहाँको भनाइ थियो । सुरक्षा निकायलाई थप सबल र सक्षम बनाउन आधुनिक प्रविधिमा आधारित उपकरण खरिद गरिने उहाँले बताउनु भयो । ‘मोडर्न पुलिसिङ’, पेट्रोलिङ ड्रोन, हेभी लिफ्टिङ ड्रोन तथा सर्च एन्ड रेस्क्यु ड्रोन खरिदका लागि बजेट विनियोजन गरिएको जानकारी दिँदै उहाँले आगामी वर्ष नेपाल प्रहरी र सशस्त्र प्रहरीका ८९ वटा भवन निर्माण गरिने बताउनु भयो ।

 

विपद् व्यवस्थापनमा सरकार ‘रेस्पोन्सिभ मेजर्स’ बाट ‘प्रिपेयर्डनेस स्ट्राटेजी’ तर्फ केन्द्रित भएको उल्लेख गर्दै मन्त्री गुरुङले मनसुन पूर्वतयारीलाई प्रभावकारी बनाउन सबै सरोकारवालासँग समन्वय गरिएको बताउनु भयो । उद्धार सामग्री खरिद गरी आवश्यक स्थानमा पठाउने व्यवस्था मिलाइएको तथा रेस्क्यु ड्रोन, आधुनिक उपकरण र एकीकृत विपद् प्रतिकार्य कमान्ड तथा कन्ट्रोल प्रणाली विकास गरिने जानकारी उहाँले दिनु भयो ।लागुऔषध नियन्त्रणका लागि ‘थ्री पिलर स्ट्राटेजी’ अन्तर्गत रोकथाम, उपचार र कारबाहीलाई प्राथमिकता दिइएको मन्त्री गुरुङले बताउनु भयो। चालु वर्षको ७९ लाख रुपैयाँ बजेट बढाएर आगामी वर्ष २ करोड २७ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी उहाँले दिनु भयो ।

 

प्रहरी चेकजाँचका क्रममा हुने भ्रष्टाचार नियन्त्रणमा सरकार शून्य सहनशीलताको नीतिमा रहेको उल्लेख गर्दै उहाँले कार्यसम्पादन मूल्याङ्कनका आधारमा पुरस्कार तथा दण्डको व्यवस्था कडाइका साथ लागू गरिने बताउनु भयो । सीमा क्षेत्रमा एआई प्रविधियुक्त सीसीटीभी क्यामेरा जडान गरी निगरानी प्रणाली सुदृढ बनाइने पनि उनले जानकारी दिनु भयो । कारागार व्यवस्थापनतर्फ हाल १९ हजार क्षमताका कारागारमा करिब २६ हजार ८ सय कैदीबन्दी रहेको उल्लेख गर्दै उहाँले प्रत्येक प्रदेशमा सात हजार क्षमताको एक–एकवटा ठूला कारागार निर्माण गर्ने योजना रहेको बताउनु भयो। हाल ११ वटा कारागार भवन निर्माणाधीन रहेको र थप २० वटा कारागार भवनका लागि बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनु भयो ।

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सबै जिल्लामा निर्देशन दिइएको तथा बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण र पुनर्निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरिएको मन्त्री गुरुङले बताउनु भयो । गृहमन्त्री गुरुङले आगामी वर्षको बजेट केवल खर्चको सूची नभई सुशासन, राष्ट्रिय सुरक्षा र समृद्धिको राष्ट्रिय संकल्प भएको उल्लेख गर्दै बजेटको प्रत्येक रुपैयाँ नागरिकको सेवामा लगानी गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एक निर्वाचनले ‘जबज’को भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

काठमाडौं,१४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) आजपनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ । आइतबार काठमाडौंमा आयोजित

वामपन्थी शक्ति विभाजित हुँदा देश संकट तर्फ गयो : खनाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्तिहरू विभाजित हुँदा देशमा अहिलेको राजनीतिक अवस्था सिर्जना भएको बताउनु भएको छ। आइतबार काठमाडौंमा

’जबज’ को महत्त्वदेखि पार्टी एकताबारे प्रचण्डको यस्तो स्मरण

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त

’कुराले चिउरा भिज्दैन’, व्यवहारमै कम्युनिस्ट एकता र सहकार्य आवश्यक छः नेपाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई आत्मसमीक्षा, सहकार्य र सिद्धान्तनिष्ठ एकताको आधारमा अघि बढाउनुपर्ने बताउनु भएको छ। मदन भण्डारी फाउण्डेसनले

प्रतिगमनविरुद्ध एकजुट हुन वामपन्थी शक्तिहरूलाई ओलीको आह्वान

काठमाडौं,१४ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा धक्का खाए पनि समाप्त नभएको भन्दै फेरि उठेर प्रतिगमनलाई पराजित गर्ने बताउनु भएको छ।

श्रीमतीको उपचारका लागि ईनरदेवले मागे आर्थिक सहयोग

रौतहट,१४ असार । रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठी निवासी ईनरदेव सहनी (अनिश) ले आफ्नी गम्भीर बिरामी पत्नीको उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नु भएको छ्। उहाँकी