प्रसारण लाइन विस्तारमा निजी क्षेत्रको लगानी आवश्यकः ऊर्जामन्त्री

काठमाडौं,५ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले प्रसारण (ट्रान्समिसन) लाइन विस्तारमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउनु भएको छ । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि मन्त्रालयको बजेट तथा वार्षिक कार्यक्रमबारे छलफलका क्रममा उहाँले ट्रान्समिसन लाइनमा पनि निजी क्षेत्रले लगानी गर्न पाउने भयो भने प्रसारण लाइन अझ विस्तार हुने विश्वास व्यक्त गर्नु भएको छ ।

मन्त्री श्रेष्ठका अनुसार हाल पीपीपी (सार्वजनिक–निजी साझेदारी) मोडलमा करिब २० अर्ब रुपैयाँको एउटा प्रसारण लाइन परियोजना अघि बढिरहेको छ। उहाँका अनुसार एकातिर उपभोक्ताले विद्युत् आपूर्तिमा समस्या भोगिरहेको गुनासो छ भने अर्कोतिर पुराना र जीर्ण प्रसारण संरचनाका कारण विस्तारमै अवरोध देखिएको छ। उहाँले भन्नु भयो,‘अब ट्रान्समिसन लाइनमा पनि निजी क्षेत्रले लगानी गर्न पाउने भयो भने प्रसारण लाइन अझ विस्तार हुन्छ । अहिले पीपी मोडलबाट एउटा २० अर्बको ट्रान्समिसन लाइन अगाडि बढेको छ । त्यसमा निजी क्षेत्र र सरकार मिलेर गरेको छ । ट्रान्समिसन लाइनको ग्रिटको स्वर्ण युगको सुरु गर्न खोज्दैछौं । तर चुनौतीहरु यावत छन् । एकातिर बत्ती झ्याप्प गयो आपूर्ति कम भयो भन्ने खालको गुनासो छ । अर्कोतिर ट्रान्समिसन लाइन जीर्ण भएको कारण टावर बनाउन जाँदा विद्युतको पोल पनि राख्न दिएको छैन ।’

 

मन्त्री श्रेष्ठले ऊर्जा प्रसारण प्रणालीलाई देशको विद्युत् ग्रिड विकासको नयाँ चरणमा लैजान खोजिएको उल्लेख गर्दै भन्नु भयो, ‘हामी ट्रान्समिसन ग्रिडको स्वर्ण युग सुरु गर्न खोजिरहेका छौँ, तर चुनौतीहरू यथावत छन्।’ मन्त्री श्रेष्ठले उत्पादनतर्फ सुधार भए पनि मुख्य समस्या उत्पादनलाई उपभोक्तासम्म पु¥याउने प्रसारण प्रणालीमा रहेको बताउनु भएको छ। उहाँले भन्नु भयो, ‘उत्पादनको अवस्था तुलनात्मक रूपमा ठीकठाक छ, तर सेवाग्राहीसम्म पु¥याउने ट्रान्समिसन लाइन राम्रो छैन।’ उहाँका अनुसार विशेषगरी कर्णाली र सुदूरपश्चिम क्षेत्रमा प्रसारण पूर्वाधार अझै कमजोर छ। उहाँले भन्नु भयो, ‘कर्णाली र सुदूरपश्चिम क्षेत्रमा अवस्था झनै चिन्ताजनक छ।’

उहाँले आगामी बजेटमा पश्चिमी भेगका प्रसारण लाइनलाई प्राथमिकतामा राखिने र ती परियोजनाहरू पनि पीपीपी मोडलमै अघि बढाइने जानकारी दिनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सर्लाहीमा ३२ लाख अवैध नगदसहित दुई जना पक्राउ

सर्लाही,५ असार । सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागेर जाँच

नेकपाले विशाल आइटी फौज तयार गर्दैछ : संयोजक प्रचण्ड

काठमाडौं ,५ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यसहित डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै ‘आइटी फौज’

विश्व राईको संयोजकत्वमा पाथीभरा केवलकार विवाद समाधान गर्न कार्यदल गठन

काठमाडौं ,५ असार । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि

विकास निर्माणको गति बढाउन सार्वजनिक खरिद अध्यादेश आवश्यक भयो: सोबिता गौतम

काठमाडौं,५ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धि अध्यादेश ल्याउनु परेको बताउनु

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

काठमाडौं,५ असार ।  डिजाइन कन्सेप्ट २०२६’ जित्न सफल भएको छ । कम्पनीका अनुसार यस उपलब्धिले गाडीको नवीन डिजाइन तथा भविष्यको मोबिलिटीसम्बन्धी अवधारणालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता

मेस्सी द्वारा परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

काठमाडौं,५ असार । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका बुबा होर्हे मेस्सी स्वास्थ्य समस्याबाट गुज्रिरहेको र हाल चिकित्सकीय निगरानीमा उपचाररत रहेको परिवारले जनाएको छ । परिवारद्वारा