खानेपानी र सरसफाइका लागि एडीबीको १५ अर्ब ऋण स्वीकृत

काठमाडौं,५ असार । एशियाली विकास बैंक (एडीबी)ले नेपालका नगरपालिकाहरूमा खानेपानी तथा सरसफाइ सेवाको पहुँच विस्तार गर्न ११ करोड ५० लाख अमेरिकी डलर (करिब १५ अर्ब रुपैयाँभन्दा बढी) बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ । एडीबीका अनुसार उक्त ऋणबाट सञ्चालन हुने एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजना मार्फत १३ जिल्लाका ८ लाख ५० हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।

 

परियोजनाले शहरी क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्नुका साथै ढल तथा फोहरपानी व्यवस्थापन प्रणालीलाई समेत सुदृढ बनाउने लक्ष्य राखेको छ । परियोजनाअन्तर्गत नगरपालिकाहरूमा खानेपानी वितरण प्रणाली विस्तार, ढल व्यवस्थापन पूर्वाधार निर्माण तथा सरसफाइ सेवाको सुधारका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । यसले बढ्दो शहरी जनसंख्याका कारण सिर्जित खानेपानी र सरसफाइसम्बन्धी समस्यालाई न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

एडीबीका नेपालस्थित कन्ट्री डाइरेक्टर आर्नो कोश्वाले नेपालमा तीव्र शहरीकरणका कारण शहरी क्षेत्रमा अत्यधिक चाप बढ्दै गएको र धेरै समुदाय अझै सुरक्षित खानेपानी तथा आधारभूत सरसफाइ सेवाबाट वञ्चित रहेको बताउनु भयो । उहाँले परियोजना कार्यान्वयनपछि नगरपालिकाका बासिन्दाको खानेपानी तथा सरसफाइ सेवामा पहुँच उल्लेखनीय रूपमा वृद्धि हुने विश्वास व्यक्त गर्नु भएको छ । परियोजनालेसार्वजनिक स्वास्थ्य सुधार, वातावरणीय प्रदूषण न्यूनीकरण तथा दिगो शहरी विकासमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सर्लाहीमा ३२ लाख अवैध नगदसहित दुई जना पक्राउ

सर्लाही,५ असार । सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागेर जाँच

नेकपाले विशाल आइटी फौज तयार गर्दैछ : संयोजक प्रचण्ड

काठमाडौं ,५ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यसहित डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै ‘आइटी फौज’

विश्व राईको संयोजकत्वमा पाथीभरा केवलकार विवाद समाधान गर्न कार्यदल गठन

काठमाडौं ,५ असार । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि

विकास निर्माणको गति बढाउन सार्वजनिक खरिद अध्यादेश आवश्यक भयो: सोबिता गौतम

काठमाडौं,५ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धि अध्यादेश ल्याउनु परेको बताउनु

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

काठमाडौं,५ असार ।  डिजाइन कन्सेप्ट २०२६’ जित्न सफल भएको छ । कम्पनीका अनुसार यस उपलब्धिले गाडीको नवीन डिजाइन तथा भविष्यको मोबिलिटीसम्बन्धी अवधारणालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता

मेस्सी द्वारा परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

काठमाडौं,५ असार । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका बुबा होर्हे मेस्सी स्वास्थ्य समस्याबाट गुज्रिरहेको र हाल चिकित्सकीय निगरानीमा उपचाररत रहेको परिवारले जनाएको छ । परिवारद्वारा