रामेछापमा विभिन्न कार्यक्रम गरी विश्व योग दिवस मनाइयो

रामेछाप,७ असार । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने मूल नारासहित १२औँ विश्व योग दिवस रामेछापको मन्थलीमा प्रभातफेरी, प्रवचन तथा योगका विभिन्न नमुना अभ्यास प्रदर्शन गर्दै मनाइएको छ । जिल्लास्तरीय योग दिवस मूल समारोह समिति रामेछापको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी तथा योगप्रेमीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा र्याली, योगको महत्वबारे प्रवचन दिइनुका साथै सहभागीहरूलाई योग तथा ध्यानका व्यावहारिक अभ्याससमेत गराइएको थियो।

 

योग दिवस मूल समारोह समितिका संयोजक एवं शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसी प्रमुख आतिथ्यतामा भएको हो । उहाँले योग र ध्यानले मानिसलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्नुका साथै जीवनशैली सुधार्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो। नियमित योग अभ्यासले अन्य उपचार पद्धतिबाट पनि सहजै निको हुन नसकेका रोगहरू नियन्त्रण गर्न सहयोग पुग्ने उहाँले बताउनु भयो । स्वस्थ जीवनका लागि योगलाई दैनिक जीवनको अभिन्न अंग बनाउनुपर्नेमा उहाँले जोड दिनु भएको थियो ।

 

कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका डा. उत्तम गैरेले आयुर्वेदीक उपचार पद्धति, योग र ध्यानको महत्वबारे जानकारी गराउनु भएको छ। उहाँले आधुनिक जीवनशैलीका कारण बढ्दै गएका नसर्ने रोगहरूको रोकथाम तथा मानसिक तनाव व्यवस्थापनमा योग र आयुर्वेद प्रभावकारी माध्यम बन्न सक्ने बताउनु भएको छ । त्यसैगरी चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नवराज पथिकले योग, ध्यान र आयुर्वेदलाई स्वस्थ समाज निर्माणको आधारका रूपमा विकास गर्न स्थानीय तहदेखि समुदायसम्म यसको पहुँच विस्तार गर्न आवश्यक रहेको धारणा राख्नु भयो।

कार्यक्रममा योग प्रशिक्षकहरूले विभिन्न आसन, प्राणायाम तथा ध्यानका नमुना अभ्यास प्रस्तुत गरेका थिए। सहभागीहरूले योगलाई दैनिक जीवनमा अपनाउने प्रतिबद्धता व्यक्त गर्दै यस्ता कार्यक्रमले स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री एकदमै स्मार्ट, इन्टेलिजेन्ट र स्टाइलिस युवा हुनुहुन्छ : सिके राउत

काठमाडौं,७ असार । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले देश परिवर्तन र समृद्धिको साझा लक्ष्यका लागि सहकार्य आवश्यक रहेको बताउनु भएको छ् । राष्ट्रिय स्वतन्त्र

सरकार फेर्न होइन, राजनीतिक संस्कार परिवर्तन गर्न आएका हौँः अर्थमन्त्री वाग्ले

काठमाडौं,७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवम अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालमा इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने

रास्वपालाई आएको भोट ‘राजावादीहरु’को पनि हो : अध्यक्ष लिङ्देन

काठमाडौं,७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले प्राप्त गरेको मतमा राजाको माग गर्नेहरुको पनि मत भएको बताउनु भएको छ  । आइतबार

रामेछापमा विभिन्न कार्यक्रम गरी विश्व योग दिवस मनाइयो

रामेछाप,७ असार । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने मूल नारासहित १२औँ विश्व योग दिवस रामेछापको मन्थलीमा प्रभातफेरी, प्रवचन तथा योगका विभिन्न नमुना अभ्यास प्रदर्शन गर्दै

कटानले बिर्तामोडमा तीनतले पक्की घर कोल्टियो, छिमेकी पनि जोखिममा

बिर्तामोड, झापा निरन्तरको वर्षासँगै आएको बाढीले झापाको बिर्तामोडमा एउटा तीनतले पक्की घर ढाल्ने गरी कटान गरेको छ । बिर्तामोड नगरपालिका–५ स्थित सुकुम्बासी गुड लाइनमा पानीको