झापामा लागुऔषधको महामारी: २० हजारभन्दा बढी सक्रिय प्रयोगकर्ता, ९ सयभन्दा बढी हिरासत र कारागारमा

झापामा ८ असार । झापामा लागुऔषध सेवन र कारोबारमा संलग्न व्यक्तिको संख्या २० हजारभन्दा बढी पुगेको अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काका अनुसार हाल लागुऔषधसम्बन्धी मुद्दामा ९२४ जना कारागार र प्रहरी हिरासतमा छन्।

 

प्रहरी तथ्याङ्कअनुसार जिल्ला कारागारमा ३७६ जना, पुर्पक्षका लागि थुनामा ३४० जना र हिरासतमा २०८ जना लागुऔषधको बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा छन्। जिल्लाका ४२ सुधार केन्द्रमा एक हजार २६२ जना उपचाररत छन् भने प्रादेशिक अस्पताल भद्रपुरमा १३३ जनाले नियमित उपचार गरिरहेका छन्।

 

पछिल्ला वर्षहरूमा लागुऔषधसम्बन्धी घटनामा निरन्तर वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको जेठसम्म मात्रै ३५२ जना पक्राउ परिसकेका छन्। सीमावर्ती मेचीनगर लागुऔषध ओसारपसारको मुख्य केन्द्र बनेको प्रहरीको भनाइ छ।

 

प्रहरीले विद्यालयस्तरीय सचेतना, शिक्षक तालिम, खेलकुद कार्यक्रम तथा समुदायस्तरीय नियन्त्रण क्लब गठनमार्फत लागुऔषध नियन्त्रण अभियान सञ्चालन गरिरहेको जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप