अनुसन्धान जारी

कतारको औद्योगिक क्षेत्रमा विस्फोट र आगलागीः ५४ घाइते, १८ बेपत्ता

काठमाडौं,८ असार । कतारको रस लाफ्फान औद्योगिक शहरमा रहेको एक कारखानामा प्राविधिक गडबडीका कारण विस्फोट र आगलागी भएको छ । घटनामा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता रहेको कतारको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, घटनापछि कतार इन्टरनेशनल सर्च एण्ड रेस्क्यु समूह (लख्विया) तथा सिभिल डिफेन्स टोलीहरू खोज तथा उद्धार कार्यमा निरन्तर खटिएका छन् । घटनापछि सामाजिक सञ्जाल ‘एक्स’ मा सार्वजनिक गरिएको प्रारम्भिक सूचनामा मन्त्रालयले औद्योगिक क्षेत्रमा रहेको कारखानामा प्राविधिक समस्या हुँदा आन्तरिक विस्फोट र आगलागी भएको जनाएको थियो ।

 

पछि गरिएको अद्यावधिक विवरणमा घाइतेको संख्या बढेर ५४ पुगेको पुष्टि गरिएको छ भने बेपत्ताहरूको खोजी कार्य जारी रहेको उल्लेख छ । कतार ऊर्जा कम्पनीका अनुसार, बार्जान स्थानीय ग्यास आपूर्ति सुविधामा सञ्चालन सुरु गर्ने क्रममा प्राविधिक समस्या आएपछि विस्फोट र आगलागी भएको हो । उक्त घटना आइतबार साँझ भएको बताइएको छ । कम्पनीले आपतकालीन प्रतिक्रिया टोली तत्काल परिचालन गरी आगो नियन्त्रणमा लिइएको र अहिले स्थिति नियन्त्रणमा रहेको जनाएको छ । अधिकारीहरूले घटनाबाट कुनै पनि ग्यास चुहावट वा सार्वजनिक सुरक्षामा खतरा नरहेको स्पष्ट पारेका छन् । साथै घटनाको विस्तृत अनुसन्धान भइरहेको पनि जनाइएको छ । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने

काठमाडौं,८ असार । जननेता मदन भण्डारी को ७५औँ जन्मजयन्तीलाई भव्य रूपमा मनाउने उद्देश्यसहित नेकपा (एमाले) निकट २४ वटा जनसंगठनहरूको आज काठमाडौंमा भेला सम्पन्न भएको छ।

हालसम्म १३ लाख ५१ हजार प्रतिष्ठानको विवरण सङ्कलन

काठमाडौं,८ असार । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत हालसम्म १३ लाख ५१ हजार १६७ वटा प्रतिष्ठान तथा व्यवसायिक एकाइको विवरण सङ्कलन गरिएको छ । राष्ट्रिय तथ्याङ्क

गृहमन्त्री गुरुङविरुद्ध मानव अधिकार उल्लंघनको आरोप , निष्पक्ष छानबिनकाे माग

काठमाडौं ८ असार । गृहमन्त्री गुरुङविरुद्ध मानव अधिकार उल्लंघनको आरोप लगाउँदै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ । सोमबार (असार ८) अजय सोडारी,

प्रधानमन्त्री बालेन शाहद्वारा सौराहाको हात्ती प्रजनन केन्द्र निरीक्षण

रौतहट,८ असार । प्रधानमन्त्री वालेन्द्र शाहले चितवनको सौराहास्थित खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रको विशेष निरीक्षण गर्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

नेपालमा स्मार्टफोन मात्रै ११ महिनामा ४३ अर्बभन्दा बढीको आयात

काठमाडाै‌ ८ असार । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ । भन्सार विभकागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा ४३ अर्ब

वैदेशिक व्यापारको आकार बढे पनि व्यापार घाटा निरन्तर फराकिलो बन्द

काठमाडौं,असार ८ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार १४।७८ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा कुल वैदेशिक व्यापार