प्रधानमन्त्री बालेन शाहद्वारा सौराहाको हात्ती प्रजनन केन्द्र निरीक्षण

रौतहट,८ असार । प्रधानमन्त्री वालेन्द्र शाहले चितवनको सौराहास्थित खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रको विशेष निरीक्षण गर्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन आइपुग्नु भएको प्रधानमन्त्री शाह सोमबार परिवार सहित तालिम केन्द्र पुग्नु भएको छ।

 

पार्टीका वरिष्ठ नेता समेत रहनु भएको प्रधानमन्त्री शाहको यो भ्रमण राजनीतिक व्यस्तताका बीच प्रकृति, वन्यजन्तु संरक्षण र स्थानीय पर्यटनको अवस्था बुझ्ने प्रयासका रूपमा हेरिएको छ। हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार प्रधानमन्त्री शाहले केन्द्रको स्थलगत वस्तुस्थितिबारे चासोपूर्वक जानकारी लिनु भएको छ। निरीक्षणका क्रममा उहाँले केन्द्रको व्यवस्थापन, हात्तीहरूको स्वास्थ्य अवस्था र सुत्केरी तथा बच्चा हात्ती (छावा) हरूको स्याहार–सुसार कसरी भइरहेको छ भन्नेबारे प्रत्यक्ष अवलोकन गर्नु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा सञ्चालन भइरहेको छ।

महाधिवेशनमा भाग लिन देशभरका नेता तथा कार्यकर्ताहरू चितवनमा केन्द्रित भएका छन्। सोही क्रममा चितवन आँउनु भएका प्रधानमन्त्री शाहले महाधिवेशनका महत्त्वपूर्ण राजनीतिक सत्रहरूका बीच समय निकालेर वन्यजन्तु संरक्षणको क्षेत्रमा चासो देखाउँदै खोरसोर पुग्नुलाई स्थानीय पर्यटन व्यवसायी र संरक्षणकर्मीहरूले उत्साहजनक रूपमा लिएका छन्। प्रधानमन्त्रीको यस निरीक्षणले चितवनको पर्या–पर्यटन प्रवर्धन र दुर्लभ वन्यजन्तुको संरक्षणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने

काठमाडौं,८ असार । जननेता मदन भण्डारी को ७५औँ जन्मजयन्तीलाई भव्य रूपमा मनाउने उद्देश्यसहित नेकपा (एमाले) निकट २४ वटा जनसंगठनहरूको आज काठमाडौंमा भेला सम्पन्न भएको छ।

हालसम्म १३ लाख ५१ हजार प्रतिष्ठानको विवरण सङ्कलन

काठमाडौं,८ असार । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत हालसम्म १३ लाख ५१ हजार १६७ वटा प्रतिष्ठान तथा व्यवसायिक एकाइको विवरण सङ्कलन गरिएको छ । राष्ट्रिय तथ्याङ्क

गृहमन्त्री गुरुङविरुद्ध मानव अधिकार उल्लंघनको आरोप , निष्पक्ष छानबिनकाे माग

काठमाडौं ८ असार । गृहमन्त्री गुरुङविरुद्ध मानव अधिकार उल्लंघनको आरोप लगाउँदै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ । सोमबार (असार ८) अजय सोडारी,

प्रधानमन्त्री बालेन शाहद्वारा सौराहाको हात्ती प्रजनन केन्द्र निरीक्षण

रौतहट,८ असार । प्रधानमन्त्री वालेन्द्र शाहले चितवनको सौराहास्थित खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रको विशेष निरीक्षण गर्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

नेपालमा स्मार्टफोन मात्रै ११ महिनामा ४३ अर्बभन्दा बढीको आयात

काठमाडाै‌ ८ असार । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ । भन्सार विभकागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा ४३ अर्ब

वैदेशिक व्यापारको आकार बढे पनि व्यापार घाटा निरन्तर फराकिलो बन्द

काठमाडौं,असार ८ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार १४।७८ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा कुल वैदेशिक व्यापार