शैक्षिक विकृतिले सुधारको अभियान ओझेलमा परेको सभापति पौडेलको आरोप

काठमाडौं,९ असार । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले शिक्षा क्षेत्रमा देखिएका समस्या र विकृतिप्रति सरकार गम्भीर बन्नुपर्ने बताउनु भएको छ। समितिको बैठकमा बोल्दै उहाँले वर्तमान सरकारले शिक्षा क्षेत्रमा देखिएका विभिन्न बेथिति र विकृतिले शैक्षिक सुधारको अभियानलाई थप ओझेलमा पार्ने खोज्यको आरोप लगाउनु भएको छ ।

 

उहाँले भन्नु भयो, ‘क्वान्टिटी’ होइन, ‘क्वालिटी’ लिने बोलामा वर्तमान सरकारले यो कुरालाई बस्ता नगरेर शैक्षिक फाटमा फेरी अनेकौ बोथिति र विकृति निम्त्याएर अझै ओझेलमा पार्न खोजेको छ ।’ उहाँले २०३८ र २०४२ सालतिरको शैक्षिक अवस्थाको तुलना गर्दै अहिले देशका दुर्गम गाउँसम्ममा विद्यालय भवन, खानेपानी, खेलमैदान लगायतका भौतिक पूर्वाधार पुगेको बताउनु भयो । उहाँले विगतका सरकारहरूले शिक्षालाई प्राथमिकतामा राखेको उल्लेख गर्नु भएको छ ।

 

उहाँले भन्नु भयो, ‘३८ सालको नेपालको शैक्षिक अवस्था ४२ सालमा नेपालको शैक्षिक अवस्था कस्तो थियो । शिक्षा वास्तवमा पुर्वधारको को पनि पुर्वधार भएकोले विगतका सरकारहरूले शिक्षा प्राथमिकतामै राखेको थियो ।’ उहाँले आफू विद्यालयमा अध्ययन गर्दाका दिन सम्झँदै त्यतिबेला विद्यालयमा पर्याप्त भौतिक सुविधा नभएको उल्लेख गर्नु भएको छ । उहाँले भन्नु भयो, ‘हामी पढ्दाको समयमा विद्यालयमा झ्याल, ढोका, खानेपानी र खेल्ने ठाउँसमेत पर्याप्त थिएन । अहिले दुर्गम क्षेत्रका विद्यालयहरूमा समेत भौतिक पूर्वाधार राम्रो बनेका छन् ।’

 

सभापति पौडेलले शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउँदै देशका उत्कृष्ट विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि विदेशिने क्रम बढ्दो रहेको बताउनु भएको छ । उहाँका अनुसार हरेक वर्ष करिब एक लाखभन्दा बढी नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाने गरेका छन्, जसका कारण दुई खर्ब रुपैयाँभन्दा बढी रकम देशबाट बाहिरिने गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उपाध्यक्ष पौडेल पक्राउ परेकोमा एमालेको आपत्ति

काठमाडौं,९ असार । नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले उहाँको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै अविलम्ब

बन्दसत्र सुरु, नेताहरूद्वारा उम्मेदवारी घोषणा

काठमाडौं,९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तेस्रो दिन आज महाधिवेशनको बन्दसत्र औपचारिक रूपमा अघि बढेसँगै नेताहरूले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

एमालेलाई जनविश्वासको केन्द्र बनाइने महासचिव पोखरेलको दाबी

सुर्खेत,९ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि

सुनसरीमा ईभी कारको ठक्करबाट प्रहरी वरिष्ठ सई यादवको मृत्यु

सुनसरी,९ असार ।  सुनसरीको बर्जु गाउँपालिका–६ नरह चोक नजिक राजमार्गमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ सईको मृत्यु भएको छ। सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी

व्यवस्थापकीय चुनौतीका कारण बन्दसत्र लम्बिने संकेत

काठमाडौं,९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रवक्ता मनिष झाले बन्दसत्र एक दिन थपिन सक्ने बताउनु भएको छ । मंगलबार रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत

झापाबाट गगन थापाको उद्घोष,कांग्रेस अब डिजिटल र सिस्टममा चल्छ

झापा,९ असार ।नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले सदस्यका रूपमा पहिचान नगर्ने स्पष्ट पारेका छन्। झापामा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै