बाजुरामा असारे रोपाइँको चटारो

बाजुरा,११ असार । बाजुरामा यतिवेला असारे रोपाईँको चटारो छ । बर्षायामको समय सुरु भए पश्चात् यहाँका किसानहरु दिनरात खेतबारीको काममा व्यस्त छन् । रोपाईँ हुने यहाँका नौं वटै स्थानीय तहमा अहिले धमाधम कामकाज जारी छ । अहिले स्थानीय किसानहरुको खेतबाट सुरु भएको समय साँझसम्म खेतबारीमै हुने गर्छ । स्थानीय परिवेश,परम्परा र ग्रामिण परिवेशको यथार्थ झल्को यहाँका विभिन्न खेतबारीमा देख्न सकिन्छ।महिला र पुरुष दुबै मिलेर असारे रोपाईँलाई अघि बढाउँदै आएका छन् ।

 

पुरुषहरु जमिन जोत्दै, गोरु डोर्याउँदै र कोदालीका साथ धपधपे हिलोमा व्यस्त छन् । अर्कातिर महिलाहरु बीउ गाड्ने,रोप्ने काममा व्यस्त छन् । न भोक,न निद्रा,असारे कामको चटारो किसानको लागी परम्परा र संस्कृति बनेको छ ।
असारे रोपाईँ केवल कृषि कार्य मात्रै नभई, बाजुराको संस्कृति र जीवनशैलीसंग गाँसिएको परम्परा समेत हो।खेतमा काम गर्ने क्रममाः गाईने असारे गीत, रमाइला भाका र सामुहिक सहभागीताले रोपाईँलाई उत्सवमय बनाउने गर्दछ । हिलोमा रमाउँदै काम गर्ने किसानहरुको अनुहारमा देखिने उत्साहले श्रमलाई पनि आनन्दमय बनाएको हुन्छ ।

 

यहाँका किसानहरुलाई रोपाईँको चटारोले राम्रोसँग बस्न,सुत्न र खान समेत फुर्सद छैन् । हली,बाउस्या र रोपन्यारीको सामुहिक सहभागीताले खेतबारी निकै चाखलाग्दा देखिने गरेका छन् । साथमा रोप्न्यारीले धान रोप्दै गर्दा गाईने गीतका भाकाले झनै रोपाईँ क्षेत्रको वातावरण आनन्दित हुन्छ । साथै भेना, साली, देवर, भाउजू बिच खेतमै हिलो छ्याप्दै रमाइलो हुने गर्छ । बाजुराको बडीमालिका नगरपालिका वडा.नम्बर ७ की स्थानीय कृषक जुना पाध्यायले रोपाईँ परम्परागत संस्कृति भएकोले हरेक बर्ष उत्साहका साथ रोपाईँ हुने गरेको बताउनु भयो ।

 

उहाँले भन्नु भयो,‘असारको महिना फुर्सद हँुदैन् । एकातिर खेतमा रोपाईँसंगै कोदो सार्ने कामको चटारो हुन्छ । महिनाभरी खेत जोत्न,रोप्न, कोदो सार्ने काममा व्यस्त हुन्छौँ।’ किसानी मान्छेको लागि असारको महिना मेहेनत नगरे पछि खानमा समेत समस्या हुने गरेको उहाँको भनाई छ । रोपाईँ परम्परा र संस्कृति भएकाले यसबेला हिलोमैलो, भोक, घाम पानी कसैको प्रभाव नहुने स्थानीयको भनाई छ । रोपाईँ स्थानीयको रहर नभई बाध्यता समेत हो । यहाँका कृषकको मुख्य पेशा नै कृषि भएकोले यो पेशा अनिवार्य मानिन्छ । खेतमा कामसंगै रमाइलो गर्ने परम्परागत शैली अझै जीवित छ । पुरुषको काम जोत्ने र खन्ने हुन्छ भने,महिलाको काम बिउ उखेल्ने र रोप्ने हुन्छ । गाउँघरमा रोपाईँलाई श्रमको रुपमा मात्र नभई यसलाई उत्सवको रुपमा समेत लिईने गरेको स्थानीय कृषक मोती पाध्याको भनाई छ । ‘यो हाम्रो परम्परा,संस्कृति र संस्कार हो।यसलाई हामी जीवन्त बनाई राख्छौँ ।’

 

अहिले यहाँका गाउँघर भन्दा पनि खेतबारीमा चहलपहल बढि छ।खेतमा ‘हाहा–होहो’ गर्दै गोरु जोतेको र रोप्न्यारीले रोप्दै भाका हालेर गित गाएको गुञ्जायमान आवाज जताततै सुन्न सकिन्छ । एकता र सहकार्य मजबुत बनाउन,परम्परा र संस्कृतिको संरक्षण गर्न तथा श्रमलाई सहज बनाउन खेतमा असारे भाका गाईन्छ । जसले हरेक रोपाईँलाई अविस्मरणीय र यादगार बनाउने गर्छ । रोपाईँ केवल कृषि उत्पादन मात्र नभई,यो परम्परा र श्रमको उत्सव समेत हो । यसलाई पहाडी क्षेत्रमा परम्परा र श्रमको उत्सवका रुपमा बढि लिइन्छ । धान खेतीको मुख्य चरण, बिउबेडमा उमारिएको बीउ (धान) को बेर्नालाई उपयुक्त समयमा हिलोयुक्त खेतमा सराई गर्नु नै रोपाईँ हो ।

 

देशभर प्रायः जेठको अन्तिम सातादेखि मनसुन सक्रिय भएसँगै रोपाईँको सुरुवाती हुने गर्छ । देशभर अधिकांश स्थानमा धान खेती गर्ने गरिन्छ । मानिसको मुख्य आधारको कृषि पेशा नै धान खेती हो । रोपाईँले कृषि उत्पादनको बढवा गर्न सहजता प्रदान गर्दछ । गाउँघरतिर स्थानीयहरुले एक–अर्कामा (पणिमु) निकालेर रोपाईँ गर्ने गर्छन् । ग्रामिण क्षेत्रमा रोपाईँ केवल खेतीपातीको काम मात्र नभई सामाजिक सद्भाव,सहकार्य र सांस्कृतिक परम्परासँग पनि जोडिएको हुन्छ । रोपाईँका बेला असारे भाका गाउने, हिलो खेल्ने तथा सामुहिक भोज गर्ने चलन रहिआएको छ।मौलिक परम्परा,माटोको सुगन्ध,आपसी सम्बन्ध र कृषि कार्यलाई रोपाईँले नयाँ जीवन प्रदान गर्छ। लाग्छ,‘रोपाईँ हाम्रो अभिन्न अंग हो।हाम्रो हाँसो र माटोको सुगन्ध हो ।’

परम्परा र श्रमलाई जीवन्त बनाई राख्न रोपाईँले महत्त्वपूर्ण भुमिका निर्वाह गर्छ । बीउलाई मात्र केवल जमिनमा रोप्नु होईन्,आफ्नो पहिचान र मेहेनतको फल समेत फलाउनु हो । रोपाईँले ग्रामिण भेगको बस्तुस्थिति,यहाँको यथार्थ जीवनशैली,महिला र पुरुषको श्रम र कृषि कार्यलाई चित्रण गरेको पाईन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पदाधिकारी चयनका लागि मतदान अन्तिम चरणमा

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतदान शुक्रबार केही

कडा अमेरिकी नियमका कारण इरानी टोली संकटमा

एजेन्सी,१२ असार । जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा इरानको राष्ट्रिय टोलीले सकसपूर्ण अवस्थाको सामना गरिरहेको छ । अमेरिकाले लगाएको कडा यात्रा नियमहरूबीच प्रतिस्पर्धा गरिरहनु परेको

डिजिटल मतदान मार्फत टोली नेता छान्दै विद्यार्थी

दमक, १२ असार । अगाडि चुनावको ब्यालेट बक्स (मतपेटी) राखिएको छ, तर भित्र मतपत्र खसाल्नु भने पर्दैन। मतपेटीको ठाउँमा सजिएको छ ल्यापटप। विद्यार्थीहरू लाइनबद्ध भएर

शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

काठमाडौं,१२ असार । फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू

धान दिवसले देख्ला त किसानको पिडा ?

काठमाडौं,१२ असार । सरकारले यस वर्षको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित विविध कार्यक्रम

रास्वपाको नेतृत्व अपरिपक्व रहेको ऐन महरको टिप्पणी

काठमाडौं, १२ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाउनु