रास्वपाको नेतृत्व अपरिपक्व रहेको ऐन महरको टिप्पणी

काठमाडौं, १२ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाउनु भएको छ।

उहाँले १४२ सिट जितेको पार्टीको महाधिवेशनमा प्रधानमन्त्रीसहितका चर्चित अनुहारहरूको उपस्थिति र १०–१२ हजारको भीडलाई ‘ठूलो कुरा’ मान्न नसकिने बताउनु भयो ।

‘फेसबुक फ्यान फलोअर्स’ को आधारमा मात्रै पार्टी सञ्चालन हुन नसक्ने जिकिर गर्दै उहाँले चार हजार भन्दा बढी प्रतिनिधिहरू र सात दिनसम्म पनि महाधिवेशन नसक्नुलाई अस्वभाविक र कमजोर व्यवस्थापनको संज्ञा दिनु भयो।

उहाँले महाधिवेशनमा देखिएको ढिलासुस्तीका कारण प्रत्यक्ष रूपमा जनताका कामहरू प्रभावित भएको भन्दै कडा आलोचना समेत गर्नुभएको छ ।

उहाँले भन्नु भयो, ‘अलोकतान्त्रिक निर्वाचन पद्धति र समयमा प्रक्रिया सम्पन्न गर्न नसक्ने नेतृत्वले देशको नेतृत्व गर्न सक्दैन ।’

हचुवाको भरमा निर्णय लिने प्रवृत्तिका कारण रास्वपाको नेतृत्व असक्षम र अपरिपक्व रहेको सन्देश गएको उनको दाबी छ । यस्ता व्यवस्थापकीय कमजोरी र आन्तरिक समस्याले पार्टीको विश्वसनीयतामाथि नै ठूलो प्रश्नचिह्न खडा गरेको महरको ठहर छ ।

पूरानै शैलीको राजनीतिक अभ्यासलाई नयाँ भन्दै जनतामा भ्रम छर्न खोजेको आरोप लगाउँदै महरले रास्वपाको कार्यशैलीमाथि प्रहार गरका छन् । हचुवामा निर्णय गर्ने र नेतृत्वको क्षमता प्रदर्शन गर्न नसक्ने प्रवृत्तिले कार्यकर्ता र जनतामा नकारात्मक प्रभाव पार्ने उनले बताए । छोटो समयमै ठूलो चर्चा बटुलेको रास्वपाले महाधिवेशन जस्तो महत्त्वपूर्ण अवसरमा देखाएको यस्तो दृश्यले पार्टीको भविष्य र नेतृत्वको गम्भीरतामाथि प्रश्न उठाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धान दिवसले देख्ला त किसानको पिडा ?

काठमाडौं,१२ असार । सरकारले यस वर्षको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित विविध कार्यक्रम

रास्वपाको नेतृत्व अपरिपक्व रहेको ऐन महरको टिप्पणी

काठमाडौं, १२ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाउनु

नामावली सार्वजनिक, मतदान प्रक्रिया सुरु

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएसँगै मतदान

दोस्रो चरणको मतदान प्रक्रिया सुरु

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएसँगै मतदान सुरु

कति सुरक्षित छ नेपाली चियाको विश्व बजार?

काठमाडौं,१२ असार । नेपाली चिया विश्वका विभिन्न मुलुकमा निर्यात हुँदै आए पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाले समान व्यापारिक सुविधा पाउन सकेको छैन । आयात गर्ने

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभाको बैठक पुनःप्रभावित

काठमाडौं,१२ असार । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिँदा प्रतिनिधिसभाको बैठक पुनः प्रभावित भएको छ । महाधिवेशन नसकिएकै कारण बैठक दोस्रोपटक स्थगित