भेनेजुएलामा विनाशकारी भूकम्प

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका अनुसार दुईवटा शक्तिशाली भूकम्पका क्रममा उहाँकी श्रीमती एन्ड्रियाले आफ्नी साना छोरीको ज्यान बचाउनु भएको हो।

 

बेलोले आफ्नो इन्स्टाग्राममा भावुक पोस्ट लेख्दै आफ्नी श्रीमतीले अन्तिम सास फेर्दासम्म छोरीलाई नछाडेको र उहाँको वीरताको कथा छोरीलाई सुनाउने उल्लेख गर्नु भएको छ्। उहाँले अर्को पोस्टमा लेख्नु भएको छ्, ‘म छोरीलाई कसरी बुझाऊँ कि तिमीले उहाँको ज्यान बचाउन आफ्नो ज्यान गुमायौ र म त्यहाँ केही गर्नका लागि उपस्थित थिइनँ? मलाई शक्ति देऊ।’ राजधानी काराकास नजिकै आएको दुई भूकम्पमा परी हालसम्म कम्तीमा ९२० जनाको मृत्यु भइसकेको छ भने ३ हजारभन्दा बढी घाइते भएका छन्। फुटबलर बेलोले आफ्नी छोरी र उहाँकी फुपु अहिले काराकासको अस्पतालमा उपचाररत रहेको र उनीहरूको अवस्था सामान्य रहेको जानकारी दिनु भएको छ। स्थानीय फुटबल संस्था ‘कुमाना दे काम्पियोनेस’ र अन्तर्राष्ट्रिय सञ्चारमाध्यम युनिभिजनले पनि बेलोकी श्रीमतीको भग्नावशेषमा पुरिएर मृत्यु भएको र उहाँकी छोरीलाई जीवितै उद्धार गरिएको पुष्टि गरेका छन्।

 

गत बुधबार आएको यस महाविपत्तिमा ज्यान गुमाउने अन्य पीडितहरूको पहिचान खुल्ने क्रम जारी छ। भेनेजुएला फुटबल महासंघ र सम्बन्धित क्लबहरूका अनुसार भूकम्पमा परी दुईजना फुटबल खेलाडीको पनि मृत्यु भएको छ। काराकास फुटबल क्लबका १८ वर्षमुनिका खेलाडी राजान सिजाको ला गुइरास्थित आफ्नै घरमा परिवारका सदस्यहरूसहित मृत्यु भएको छ। त्यस्तै मारिटिमो दे ला गुइरा र क्लब स्पोर्ट सान अगस्टिनको एकेडेमीमा आबद्ध खेलाडी भिक्टर पालासिओसको पनि भूकम्पमा परी निधन भएको छ। क्लबहरूले सामाजिक सञ्जालमार्फत आफ्ना प्रतिभावान खेलाडीहरू गुमाउनु परेकोमा गहिरो दुःख व्यक्त गरेका छन्।

 

यसैबिच, पूर्व मिस भेनेजुएला जिजेल रेयेसकी आमाको पनि भूकम्पका कारण मृत्यु भएको छ। रेयेसले इन्स्टाग्राममार्फत ला गुइरामा रहेको आफ्नी आमाको भवन पूर्ण रूपमा भत्किएको जानकारी दिनु भएको छ। उहाँकी आमाको हेरचाह गर्ने नर्सलाई जीवितै उद्धार गरिएको थियो र उहाँकै अनुसार भूकम्पको कडा धक्का र डरका कारण हृदयघात भएर रेयेसकी आमाको मृत्यु भएको हो। भूकम्प प्रभावित क्षेत्रहरूमा अझै धेरै मानिसहरू बेपत्ता रहेकाले उद्धारकर्मीहरूले भग्नावशेषमा जीवितहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप

वर्तमान सरकारको नीति जनविरोधी र श्रमिकमारा छः कुलमान घिसिङ

रामेछाप,१३ असार । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाउनु भएको छ । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा