स्थिति तनावपूर्ण

अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण

काठमाडौं,१४ असार । अमेरिकाले इरानमाथि पुनः हवाई आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले शनिबार इरानका विभिन्न सैन्य पूर्वाधारमाथि अतिरिक्त आक्रमण गरेको जनाएको हो । सेन्टकमका अनुसार शुक्रबार इरानी आक्रमणको जवाफस्वरूप अमेरिकी कारबाहीपछि इरानलाई युद्धविराम सम्झौताको पालना गर्ने अवसर दिइएको थियो । तर, इरानले शनिबार बिहान करिब ४ः३० बजे (स्थानीय समय) एकतर्फी आक्रमणकारी ड्रोन प्रहार गरी पानामाको झण्डा बोकेको तेलवाहक ट्याङ्कर लाई निशाना बनाएको आरोप अमेरिकाले लगाएको छ ।्उक्त जहाज होर्मुज जलडमरूमध्य नजिकै दुई करोडभन्दा बढी ब्यारेल कच्चा तेल बोकेर गइरहेको सेन्टकमले जनाएको छ ।

 

अमेरिकी सेनाले त्यसपछि इरानको सैन्य निगरानी पूर्वाधार, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा प्रणाली, ड्रोन भण्डारण केन्द्र तथा समुद्री सुरुङ (माइन) बिछ्याउने क्षमतासम्बन्धी सैन्य संरचनामाथि लक्षित आक्रमण गरेको जनाएको छ । सेन्टकमले होर्मुज जलडमरूमध्य हुँदै अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूको आवतजावत जारी रहेको उल्लेख गर्दै अमेरिकी सेना सतर्क, सक्षम र आवश्यक परे थप कारबाहीका लागि तयार रहेको जनाएको छ ।

 

यता, इरानको खाताम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ता इब्राहिम अलफिकारले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकालाई कडा चेतावनी दिनु भएको छ । उहाँले लेख्नु भएको छ,‘तिमीहरूले हाम्रो सार्वभौमिकतामाथि प्रहार गरेका छौ। अब समीकरण बदल्ने व्यावहारिक जवाफको अपेक्षा गर । तिमीहरूले गलत आकलन गरेका छौ र हाम्रो धैर्य समाप्त भइसकेको छ । लामो र अन्त्यहीन रातको तयारी गर । अबका केही घण्टाले हाम्रो शक्तिको उत्तर दिनेछन् ।’

 

यसैबीच, बहराइनले पनि शनिबार इरानमाथि आफ्नो भूमिमा धेरै ड्रोन प्रहार गरेको आरोप लगाएको छ । बहराइनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त घटना आफ्नो सार्वभौमिकतामाथिको गम्भीर उल्लंघन भएको उल्लेख गर्दै यसले क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्ने प्रयासलाई कमजोर बनाएको आरोप लगाएको छ । यो घटनाक्रम पश्चिम एसियामा हालैको द्वन्द्व अन्त्य गर्न गरिएको युद्धविराम लागू भएपछि अमेरिका र इरानबीच पहिलो पटक प्रत्यक्ष सैन्य आक्रमण आदानप्रदान भएको केही घण्टापछि सार्वजनिक भएको हो । एएनआई

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु

बाहुनडाँगीका किसान हात्ती धपाउन ब्यास्त

झापा , १५ असार ।  दिनहुँ ४०–५० वटा जङ्गली हात्ती छावासहित गाउँ पसिरहेका छन्। चियाबारी र बस्तीमै दिनभर बस्ने हात्तीका कारण स्थानीयहरू ज्यान जोगाउन संघर्ष

कन्काई हस्पिटलमा एक सातासम्म ओपीडी निःशुल्क

बिर्तामोड,१५ असार । बिर्तामोडस्थित कन्काई हस्पिटलले २१औँ वर्षमा प्रवेश गरेको अवसरमा आज असार १५ देखि एक सातासम्म सम्पूर्ण ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क गरिएको छ।