अवरुद्ध सडक, भयो यात्रुलाई सास्ती

काठमाडौं, १६ असार । देशका विभिन्न ठाँउमा पानी पर्दा सानो ठुलो पहिरो खस्दा बाटा तथा सडकहरू जोखिममा परेका छन् । दुई दिनको अविरल वर्षापछि दार्चुला र बैतडीका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

मंगलबार बिहान खसेको पहिरोका कारण दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ का दुई स्थान र बैतडीको गोकुलेश्वर–लटिनाथ सडक खण्डको एक स्थानमा यातायात पूर्ण रूपमा प्रभावित भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पहिरोले सडक अवरुद्ध भएपछि उक्त मार्गमा सवारीसाधन सञ्चालन हुन सकेको छैन । यात्रुहरू गन्तव्यमा पुग्न समस्या भोगिरहेका छन् भने सडक खुलाउन स्थानीय तहको समन्वयमा पहिरो हटाउने काम तीव्र रूपमा भइरहेको छ ।

प्रहरीले वर्षाका कारण थप पहिरो खस्ने जोखिम रहेकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न तथा यात्रा गर्दा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । मौसममा सुधार नआएसम्म जोखिमयुक्त सडक खण्डमा सावधानी अपनाउन पनि अनुरोध गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काटियो नतिर्न उद्योगहरूको विद्युत लाइन

काठमाडौं,१६ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै

हुलाक सेवालाई आधुनिकीकरण गर्नुपर्छ : सञ्चारमन्त्री

काठमाडौं,१६ असार । सूचना तथा सञ्चारमन्त्री डा।विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिकीकरण नगरी प्रभावकारी सेवा प्रवाह सम्भव नहुने बताउनु भएको छ । हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी

झापा रकस्टारको फिजिकल अडिसन सम्पन्न, सात ब्यान्डको दमदार प्रस्तुति, पाँच टोली फाइनलमा पुग्ने

बिर्तामोड १६ असार । पूर्वी नेपालको चर्चित सांगीतिक प्रतियोगिता ‘झापा रकस्टार’ को तेस्रो संस्करणअन्तर्गत आयोजित ‘कोशी प्रदेश स्तरीय ओपन ब्यान्ड च्यालेन्ज’ को फिजिकल अडिसन बिर्तामोडमा

नार्कमा चौधरीको कडा मापदण्ड

काठमाडौं, १६ असार ।कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा सुशासन कायम गर्न कडा मापदण्ड ल्याउनु भएको छ ।

अवरुद्ध सडक, भयो यात्रुलाई सास्ती

काठमाडौं, १६ असार । देशका विभिन्न ठाँउमा पानी पर्दा सानो ठुलो पहिरो खस्दा बाटा तथा सडकहरू जोखिममा परेका छन् । दुई दिनको अविरल वर्षापछि दार्चुला

कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १६ असार । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ५