विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ । गत साता दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा आएको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति पु¥याएपछि संयुक्त राज्य अमेरिकाले केही प्रतिबन्धहरू अस्थायी रूपमा खुकुलो पारेको भए पनि दीर्घकालीन प्रतिबन्ध संरचनाका कारण राहत प्रयास पर्याप्त रूपमा अघि बढ्न नसकेको बताइएको छ ।

 

विशेषज्ञहरूका अनुसार लामो समयदेखि लागू अमेरिकी प्रतिबन्धले कोष, उपकरण र मानवीय सहायता सामग्री पहुँचमा संरचनागत अवरोध सिर्जना गरेको छ । यसले उद्धार तथा पुनर्निर्माण कार्यलाई थप कठिन बनाएको आरोप छ । एक प्रभावित नागरिक अल्बर्टो पेरेजले भने, ‘यहाँ अझ धेरै सहयोग आवश्यक छ, अझ धेरै सहयोग, यद्यपि भेनेजुएलाका मानिसहरू आफैं पनि दैनिक योगदान गरिरहेका छन् ।’ राजनीतिक विश्लेषक डिएगो सेकेराका अनुसार अमेरिकी प्रशासनका कानुनी तथा प्रशासनिक कदमहरूले नै प्रतिबन्धले राहत प्रवाहमा प्रत्यक्ष अवरोध पु¥याएको स्पष्ट देखिन्छ । संयुक्त राष्ट्रसंघका अनुमानअनुसार उक्त विपदबाट करिब ७० लाख मानिस प्रभावित भएका छन् भने करिब ६.७ अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको छ, जुन भेनेजुएलाको कुल गार्हस्थ्य उत्पादनको करिब ६ प्रतिशत हो ।

 

गत जुन २४ मा उत्तर भेनेजुएलामा लगातार दुई वटा ७.० भन्दा माथि म्याग्निच्युडका शक्तिशाली भूकम्प गएको थियो । ती भूकम्पपछि मृत्यु संख्या बढेर १,९४३ पुगेको छ भने १०,००० भन्दा बढी घाइते भएको भेनेजुएला राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले जानकारी दिनु भएको छ । सरकारले संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूसँग मिलेर प्रभावित समुदायमा राहत पु¥याउने प्रयास गरिरहेको जनाएको छ । सीसीटीभी

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९।५ प्रतिशत वृद्धि

काठमाडौं,१८ असार । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको

ट्राफिक प्रहरीको कारवाहीमा मुख्यमन्त्री शाह

धनगढी,१८ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह ट्राफिक प्रहरीको कारवाहीमा पर्नु भएको छ । मुख्यमन्त्री शाहले हेल्मेट विना नै मोटरसाइकल चलाएको भिडियो बाहिरिएपछि

त्रिवि सेवा आयोगका अध्यक्षको नियुक्तिप्रति महासचवि पोखरेलको व्यंग्य –‘जान्नेलाई छान्नेको गजबको तरिका रहेछ ’

काठमाडौं,१८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गरेको सरकारले मेयरको उम्मेद्वार बनेका व्यक्तिलाई सेवा आयोगको अध्यक्ष बनाएकोमा आपत्ती प्रकट गर्नु

फोन नम्बर बिना व्हाट्सएपमा कुराकानी गर्ने सुविधा आउँदै

काठमाडा,१८ असार । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर नदेखाई सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम रिजर्भेसन प्रक्रिया सुरु

कपडाको बाकसभित्र लुकाएको गहना विमानस्थलमा बरामद

काठमाडौं,१८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।

विनाशकारी भूकम्पपछि भेनेजुएलामा मानवीय संकट

काठमाडौं,१८ असार । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ