सुकुम्बासी समस्यामा सांसद राईको आपत्ति

काठमाडौं,१८ असार । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक अधिकारको बेवास्ता गरेको आरोप लगाउनु भएको छ्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद राईले सुकुम्बासी बस्ती हटाउने अभियानमा सरकार संवेदनशील बन्न नसकेको बताउनु भयो।

 

उहाँले भूमिहीन तथा सुकुम्बासी माथि डोजर चलाउँदा बालबालिका, सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको अवस्थाप्रति सरकारले कुनै संवेदनशीलता नदेखाएको आरोप लगाउनु भएको छ। राईले संविधानको धारा १६ ले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने हक, धारा ३७ को आवासको हक, धारा ३६ को खाद्य अधिकार, धारा ३५ को स्वास्थ्य अधिकार, धारा ३३ को रोजगारीको हक, धारा ३१ को शिक्षाको हक, धारा २८ को गोपनीयताको हक, धारा ३९ को बालबालिकाको हक तथा धारा ४२ को सामाजिक न्यायको हकको समेत उल्लङ्घन भएको दाबी गर्नु भयो।

 

उहाँले सरकारको कदमका कारण कतिपय सुकुम्बासीले बाँच्ने आधार गुमाएर आत्महत्यासमेत गरेको उल्लेख गर्दै त्यस घटनाप्रति सरकार गम्भीर हुनुपर्ने बताउनु भएको छ। सांसद राईले विस्थापित सुकुम्बासीलाई राखिएको होल्डिङ सेन्टरको अवस्थाप्रति पनि प्रश्न उठाउनु भयो। त्यहाँ रहेका नागरिकले सम्मानजनक बसोबास, गोपनीयता, पर्याप्त स्वास्थ्य सेवा, औषधि र पोषिलो खाद्यान्नको अभाव झेलिरहेको गुनासो आएको भन्दै सरकारले तत्काल अनुगमन गर्नुपर्ने माग गर्नु भयो। उहाँले मधुमेह, उच्च रक्तचाप, मुटु तथा फोक्सोका दीर्घरोगीहरू समेत होल्डिङ सेन्टरमा आवश्यक उपचार नपाएको दाबी गर्नु भएको छ।

 

त्यस्तै, सांसद राईले काभ्रेपलाञ्चोकमा पनि स्थानीय सरकारले अव्यवस्थित बसोबास हटाउने नाममा सुकुम्बासीलाई दुःख दिएको सूचना प्राप्त भएको भन्दै सम्बन्धित मन्त्रालयलाई तत्काल छानबिन गर्न आग्रह गर्नु भएको छ। यसअघि प्रधानमन्त्रीको संसद्मा दिएको अभिव्यक्तिको प्रसंग उठाउँदै उहाँले सभामुखले उक्त अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउने विषयमा छलफल गर्ने बताएको स्मरण गराउँदै त्यसबारे हालसम्म के प्रगति भयो भन्ने प्रश्नसमेत गर्नु भएको छ। साथै प्रधानमन्त्रीको अभिव्यक्तिले भविष्यमा सीमा समस्यासम्बन्धी कूटनीतिक पहल कमजोर हुने अवस्था सिर्जना गर्न सक्ने भएकाले त्यसलाई तत्काल सच्याउन सरकारसँग माग गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने

बाल अधिकार परिषदमा मन्त्री बादीको आकस्मिक अनुगमन

काठमाडौं,१८ असार । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्मा छड्के अनुगमन गरी नौं बुँदे निर्देशन

दैलेखमा यात्रुबाहक माइक्रो बस कर्णाली नदीमा खस्यो, उद्धार कार्य जारी

दैलेख,१९ असार । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरामा एउटा यात्रुबाहक माइक्रो बस दुर्घटना भई कर्णाली नदीमा खसेको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै

गोरखापत्रको महाप्रबन्धकमा रावल र सुरक्षण मुद्रणको निर्देशकमा ढुंगाना नियुक्त

काठमाडौं,१८ असार । गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त हुनु भएको छ् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले

सम्पत्ति शुद्धीकरण विभागलाई कानुनको दुरुपयोग नगर्न अर्थमन्त्रीको चेतावनी

काठमाडौं,१८ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन र संयन्त्रलाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताउनु भएको छ ।

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’सम्म नियमन, भ्रामक विज्ञापनमा क्षतिपूर्ति

काठमाडौँ, १८ असार ।  विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार