‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने विषयमा सरकारसँग स्पष्ट जवाफ माग गर्नु भएको छ। बिहीबार प्रतिनिधिसभामा ‘सहकारी ऐन (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै उहाँले निर्दोष बचतकर्ताको रकम फिर्ता हुने कानुनी सुनिश्चितता नै आफूहरूको मुख्य चासो रहेको बताउनु भएको छ।

 

उहाँले भन्नु भयो, ‘हाम्रो चासो केवल निर्दोष बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाउने कानुनी सुनिश्चिततासँग मात्र सम्बन्धित छ । बाग्लुङस्थित इमेज सहकारीमा दुई अर्ब रुपैयाँभन्दा बढी बचतकर्ताको बचत रहेको थियो। तीमध्ये करिब ८० प्रतिशत बचतकर्ताको रकम सम्बन्धित सम्पत्तिबाट भुक्तानी गरिने आधारसहित तमसुकसमेत भइसकेको अवस्था छ । तर सम्बन्धित सम्पत्ति रोक्का छ र सहकारीका अध्यक्ष देवकुमार नेपाली सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दामा हाल बाग्लुङ जिल्ला कारागारमा रहनुभएको छ। यस्तो अवस्थामा बचतकर्तामा एउटै प्रश्न छ—अब हाम्रो बचत कुन कानुनी प्रक्रियाबाट र कहिले फिर्ता आउँछ?’

 

सांसद शर्माले सहकारीमन्त्रीसँग विधेयकमा इमेज सहकारीजस्तै अवस्थाका बचतकर्ताले अदालतको प्रक्रियाबाट प्रभावित नभइ रोक्का रहेको सम्पत्तिबाट आफ्नो बचत रकम फिर्ता पाउने स्पष्ट कानुनी व्यवस्था गरिएको छ वा छैन भन्ने विषयमा प्रस्ट पार्न आग्रह गर्नु भएको छ ।

 

उहाँले भन्नु भयो, ‘मन्त्रीज्यूसँग विनम्र आग्रह गर्न चाहन्छु, यदि यस विधेयकमा इमेज सहकारीजस्ता अवस्थाका बचतकर्ताले अदालतको प्रक्रियाले प्रभावित नगरी रोक्का रहेको सम्पत्तिबाट आफ्नो बचत रकम फिर्ता पाउने कुनै स्पष्ट कानुनी व्यवस्था गरिएको छ भने हामीलाई स्पष्ट रूपमा बुझाइदिनुहोस्।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने