बजेट विवाद

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा गर्नु भएको छ। बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरुले संसद अवरुद्ध गरेका थिए । जनमत पार्टीका सांसद संजय यादवले मधेश प्रदेश सरकारले १ करोड भन्दा कमको योजना नल्याउने भनेर घोषणा गरेपनि स–साना टुक्रा रेडबुकमा राखेको पाइएकाले विरोध जनाउनु भएको छ् । उहाँले बजेट पुनर्लेखन नभएसम्म सम्पूर्ण विपक्षी दलहरुले संसद अवरुद्ध गर्ने बताउनु भयो ।

 

त्यस्तै सांसद उपेन्द्र महतोले अहिलेको मधेश प्रदेश सरकारले संघीयता समाप्त पार्ने रोडम्याप तयार गरेको आरोप लगाउनु भएको छ । उहाँले प्रदेशको अर्थतन्त्रलाई नै समाप्त पार्नेतर्फ प्रदेश सरकार लागि परेको आरोप लगाउनु भएको छ। रौतहटमा एक अर्व ६६ करोडको एउटा टेन्डर आह्वान गरिएकोमा सांसद महतोले आपत्ति जनाउनु भएको छ । उहाँले रेडबुकमै नभएको योजनाको टेन्डर भएकोमा प्रश्न उठाउनु भएको छ । मन्त्रालयहरुले पाउने भन्दा पनि बढी रकमको टेन्डर गरिनुले आउने दिनमा प्रदेश सरकारको व्ययमा थपिने सांसद महतोले बताउनु भएको छ ।

 

उहाँले संघीयतालाई नै समाप्त पार्ने गरी कार्य कहाँबाट गर्न खोजिएको भनेर मुख्यमन्त्री कृष्ण यादवलाई प्रश्न गर्नु भएको छ । मुख्यमन्त्री कृष्ण यादवले संघीयता समाप्त पार्नेतर्फ लागेको र उहाँलाई सत्ताधारी नेकपा माओवादी र नेकपा एमालेले पनि साथ दिइरहेको सांसद महतोले आरोप लगाउनु भएको छ् । सांसद महतोले नेपाली कांग्रेस दल लासको पार्टी भएको आरोप लगाउनु भएको छ । हिजो (बुधबार) बसेको बैठकमा पनि विपक्षी दलहरुले विरोध जनाएपछि बैठक आजका लागि स्थगित भएको थियो । अब अर्को बैठक कहिले बस्ने भन्ने निश्चित छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव

आज असार १८ गते बसेको मन्त्रिपरिषद्को बैठकका १० निर्णयहरु

काठमाडौँ, १८ असार ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री

मधेश प्रदेश सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

जनकपुर,१८ असार । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा

सहकारी संशोधन विधेयक बहुमतले पारित

काठमाडौं,१८ असार । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा

‘इमेज सहकारीका बचतकर्ताको रकम कहिले र कसरी फिर्ता हुन्छ?’: सांसद शर्मा

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने