११ जिल्लामा फैलियो बर्ड फ्लू

सतर्क रहन पशु सेवा विभागको अपिल

काठमाडौँ,१९ असार । नेपालका विभिन्न ११ जिल्लामा बर्ड फ्लू (वर्ड फ्लु) को सङ्क्रमण पुष्टि भएपछि पशु सेवा विभागले नियन्त्रण तथा रोकथामका लागि उच्च सतर्कता अपनाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको पशु सेवा विभागका महानिर्देशक उमेश दाहालले सङ्क्रमण देखिए पनि सुरक्षित उपाय अपनाउँदा आत्तिनुपर्ने अवस्था नरहेको प्रस्ट पार्नु भएको छ ।

 

विभागले उपभोक्ताहरूलाई नडराउन र सरोकारवालाहरूलाई सतर्क रहन आग्रह गरेको छ ।महानिर्देशक दाहालले रोग विशेषगरी जङ्गली पन्छी, अन्य चराचुरुङ्गी तथा कागबाट सर्ने गर्दछ । त्यसैले व्यावसायिक रूपमा पालिएका कुखुरालाई सुरक्षित राख्न, बाहिरी चराहरूलाई आफ्नो फार्मको नजिक आउन वा प्रवेश गर्न नदिन विभागले सम्पूर्ण कुखुरा पालक व्यवसायीहरूलाई अनुरोध गरेको छ । फार्मको जैविक सुरक्षा नै यस रोगबाट बच्ने र व्यवसाय जोगाउने सबैभन्दा उत्तम उपाय भएको विभागको ठहर छ । हालसम्म देशका ११ जिल्लाहरू झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्डफ्लूको सङ्क्रमण फेला परेको छ ।

 

विभागको तीव्र सक्रियताका कारण झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा यो रोग सुरुमै पुष्टि भइ नियन्त्रणको दायरामा ल्याइएको हो । रोग नियन्त्रण कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन विभागका उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लू रोग नियन्त्रण कक्ष’ (कन्ट्रोल रूम) समेत स्थापना गरिएको छ । सङ्क्रमण देखिएका स्थानहरूमा सङ्घ, प्रदेश र स्थानीय तहको आपसी समन्वयमा द्रुत गतिमा ‘बर्डफ्लू रोग नियन्त्रण अभियान’ सञ्चालन भइरहेको छ । जसका कारण बाँकी रहेका क्षेत्रमा पनि रोग चाँडै नियन्त्रणमा आउने दाहालले विश्वास व्यक्त गर्नु भएको छ ।

 

यसैगरी, पशु क्वारेन्टाइन कार्यालयहरूले पनि सीमा नाका तथा सम्भावित क्षेत्रहरूमा उच्च सतर्कता अपनाएका छन् । रोग भित्रिन नदिन सुरक्षा निकायको सहयोगमा अवैध रूपमा पैठारी गरिएका तथा शङ्कास्पद पन्छीहरूलाई आफ्नो फर्ममा प्रवेश नगराउन अनुरोध गर्नु भएको छ । पन्छीबाट मानिसमा सङ्क्रमण फैलिन नदिन र आम नागरिकलाई सचेत बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पनि विशेष कदम चालेको छ ।

 

मन्त्रालयले सर्वसाधारणको मोबाइल रिङटोनमार्फत जनचेतनामूलक सन्देश प्रवाह गर्न सुरु गरेको छ । मोबाइल फोन गर्दा बज्ने यो उपयोगी सन्देशले आम नागरिक र किसानलाई रोगका लक्षण र यसबाट बच्ने उपायबारे सजग गराउन ठूलो मद्दत पु¥याएको दाहालले बताउनु भएको छ । पछिल्लो समय प्रविधिको प्रयोग गरेर जनचेतना फैलाइएकाले किसानहरू आफ्ना कुखुरा व्यवसायलाई बचाई राख्न थप जिम्मेवार र सजग बन्नुपर्ने धारणा राख्नु भउो । विभागले फार्ममा नियमित निसङ्क्रमण गर्ने, अपरिचित व्यक्ति वा गाडीलाई फार्ममा प्रवेश नदिने र कुखुरामा कुनै असामान्य लक्षण देखिएमा तुरुन्त नजिकैको पशु सेवा केन्द्रमा सम्पर्क गर्न सुझाव दिएको छ । सरकारले नियन्त्रणका सम्पूर्ण उपायहरू तदारुकताका साथ अगाडि बढाएकाले सही सूचनाको पालना गर्दै उपभोक्तालाई स्वस्थ उत्पादन बजारमा पु¥याउन विभागले अपिल गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनको मूल्यमा वृद्धि ,कतिमा हुदैछ कारोबार ?

काठमाडौं ,१९ असार।नेपाली बजारमा आज सुनको मूल्य ६ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २

बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त

काठमाडौं,१९ असार । सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा.योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ। नियुक्तिपछि उहाँले आज स्वास्थ्य तथा

दमकबाट क्यान्सर पीडित महिला बेपत्ता , देख्नेले तुरुन्तै खबर गरौ

दमक | १९ असार । झापाको दमक नगरपालिका–१, कुमाल चोकबाट एक क्यान्सर पीडित महिला हराएकी छन्। परिवारले उहाँको खोजीमा सहयोग गरिदिन सर्वसाधारणसँग आग्रह गरेको छ।

झापाका माछा किसान संसदीय समितिका सभापतिलाई समस्या सुनाउदै

दमक,१८ असार ।प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिले झापाका किसानले भोग्दै आएका समस्या र समाधानका उपायबारे सुझाव संकलन थालेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम

आगामी मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघको राष्ट्र बैंकलाई ५ बुँदे सुझाव

काठमाडौं,१८ असार । आगामी आर्थिक वर्ष २०८३ / ८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंक समक्ष पाँच बुँदे सुझाव