साम्पाङद्वारा दार्चुलामा ८५ दिनमै बनेको झोलुङ्गे पुल उद्घाटन

काठमाडौं,१९ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किनु भएको छ । काठमाडौं आइपुगेर सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पुल स्थानीयको मागअनुसार निर्माण गरिएको र उद्घाटन गर्न पाउँदा खुसी लागेको बताउनु भएको छ । उहाँले दार्चुलाको दुम्लिङ क्षेत्र अत्यन्तै विकट रहेको उल्लेख गर्दै सडक र सञ्चार पूर्वाधार अझै पर्याप्त नभएको बताउनु भएको छ । नेपाली सेनाले सडक स्तरोन्नतिको काम गरिरहेको र दूरसञ्चार सेवा विस्तारका प्रयास भइरहेको जानकारी आफूले पाएको उहाँले बताउनु भएको छ ।

 

महाकाली नदी क्षेत्रमा थप पुल निर्माणका लागि भारतको लिखित सहमति आवश्यक पर्ने भन्दै साम्पाङले यस विषयमा परराष्ट्र मन्त्रालयलाई पटक–पटक आग्रह गरिएको बताउनु भएको छ । ‘भारतको लिखित सहमति आएपछि मात्रै त्यहाँ पुल बनाउन सकिन्छ,’ उहाँले भन्नु भयो । तिङ्कर क्षेत्रमा नेपालीतर्फ सडक नहुँदा स्थानीय भारतीय भूभाग हुँदै आवतजावत गर्न बाध्य भएको उल्लेख गर्दै उहाँले नेपाली भूभागमै सडक निर्माणलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनु भएको छ ।

 

सरकारको कामबारे प्रतिक्रिया दिँदै साम्पाङले ‘कोसिस भएको छ, तर त्यसको परिणाम जनताले महसुस गर्न सकेका छैनन्। महँगी नियन्त्रणमा सरकारले अझ प्रभावकारी काम गर्नुपर्छ,’भन्नु भयो । साइबर कानुन संशोधनबारे उहाँले अभिव्यक्ति स्वतन्त्रता सीमित गर्ने कानुन लोकतन्त्रको मर्मविपरीत हुने बताउनु भयो । ‘तथ्य र प्रमाणका आधारमा विरोध गर्न पाउनु लोकतान्त्रिक अधिकार हो। विरोध गर्नै नपाउने कानुन बनाउनु हुँदैन,’उहाँले भन्नु भयो ।

 

झोलुङ्गे पुल निर्माणको श्रेयबारे उहाँले राम्रो कामको जस सबैले लिनुपर्छ, नराम्रो कामको जिम्मेवारी पनि सबैले लिनुपर्छ भन्दै विकास निर्माण सामूहिक प्रयासबाट सम्भव हुने धारणा व्यक्त गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षा प्रणालीमा ‘हाम्रो मान्छे’ भन्ने मानसिकता हटाउनुपर्छः गगन थापा

काठमाडौं,१९ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा प्रणालीका समस्या काठमाडौं र दुर्गम जिल्लामा फरक–फरक रहेको भन्दै नीति निर्माण गर्दा स्थानीय आवश्यकता र

हेटौँडामा हतियार प्रहार गरी घाइते बनाउने अभियुक्त पक्राउ

मकवानपुर,१९ असार । हेटौँडामा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ

प्रस्तावित चर्को ट्राफिक जरिवानाविरुद्ध अन्तर्राष्ट्रिय मञ्चमा आवाज

काठमाडौं,१९ असार । नेपाल सरकारले ट्राफिक नियम कठोर बनाउने तयारीविरुद्ध विश्वस्तरमा आवाज उठेको छ । इन्टरनेशनल ट्रान्र्सपोर्ट वर्कस फेडेरेशन, लण्डनको विश्व सडक यातायात स्टेरिङ समितिको

विद्युत् सर्ट हुँदा झापामा एउटा घर पूर्ण रूपमा जलेर नष्ट, कति भयो क्षति ?

दमक,१९ असार । झापाको मेचीनगर नगरपालिका–१४, दुवागढीमा विद्युत् सर्टका कारण आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार

मन्त्री केन्द्रित बजेटप्रति सत्ता पक्षकै सांसद असन्तुष्ट

विराटनगर,१९ असार । असार १ गते प्रदेशसभामा प्रस्तुत बजेटबारे प्रतिक्रिया माग्दा प्रदेशसभा कांग्रेस सांसद रामकुमार खत्रीको भनाइ थियो, ‘सरकारमा आफ्नै दल सहभागी भए पनि मुटुमाथि

साम्पाङद्वारा दार्चुलामा ८५ दिनमै बनेको झोलुङ्गे पुल उद्घाटन

काठमाडौं,१९ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किनु भएको छ ।