शिक्षा प्रणालीमा ‘हाम्रो मान्छे’ भन्ने मानसिकता हटाउनुपर्छः गगन थापा

काठमाडौं,१९ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा प्रणालीका समस्या काठमाडौं र दुर्गम जिल्लामा फरक–फरक रहेको भन्दै नीति निर्माण गर्दा स्थानीय आवश्यकता र यथार्थलाई ध्यानमा राख्नुपर्ने बताउनु भएको छ। शुक्रबार नेपाली कांग्रेस नीति अनुसन्धान प्रतिष्ठानले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘शैक्षिक उन्नयनका सामयिक उपायहरू’ विषयक ग्रिन टेबल कार्यक्रममा बोल्दै थापाले आफूले निर्वाचनका क्रममा शिक्षा सुधारलाई मुख्य एजेन्डा बनाएको स्मरण गर्नु भएको छ ।

 

उहाँले सर्लाही–४ मा मत माग्ने क्रममा विज्ञान र गणित शिक्षाको गुणस्तरका विषयमा निरन्तर कुरा गरेपनि त्यसले अपेक्षित रूपमा जनचासो नपाएको उल्लेख गर्नु भएको छ। काठमाडौं–४ बाट सांसद रहँदा शिक्षा क्षेत्रमा काम गरेको अनुभव सुनाउँदै उहाँले काठमाडौं र सर्लाहीको शैक्षिक अवस्थाबीच ठूलो अन्तर रहेको बताउनु भएको छ । ‘हामी नेपालको शिक्षा प्रणालीको कुरा गर्छौं, तर काठमाडौं र सर्लाहीका शैक्षिक चुनौती एउटै छैनन् । एउटै नेपाल भए पनि दुवै ठाउँका समस्या फरक छन् । त्यसैले नीति बनाउँदा स्थानीय वास्तविकतालाई ध्यानमा राख्नुपर्छ,’ उहाँले भन्नु भयो।

 

थापाले शिक्षकहरूलाई विद्यालयभित्र आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गर्दै त्यसले नै समाज र लोकतन्त्रलाई सबैभन्दा ठूलो योगदान पुग्ने बताउनु भएको छ। शिक्षकहरूले आफ्नो भूमिकाभन्दा बाहिर गएर थप जिम्मेवारी र नेतृत्व प्रदर्शन गर्न सके त्यसले देश र नेपाली कांग्रेस दुवैलाई लाभ पुग्ने उहाँको भनाइ थियो।उहाँले शिक्षा क्षेत्रको उद्देश्यबारे राजनीतिक दलहरूबीच गम्भीर बहस आवश्यक रहेको पनि बताउनु भयो।

‘शिक्षा किन र कसका लागि भन्ने विषयमा राजनीतिक दलहरूले नै स्पष्ट छलफल गर्नुपर्छ। यो जिम्मेवारी अरू कसैले पूरा गर्न सक्दैन,’ उहाँले भन्नु भयो। शिक्षामा राजनीतिक हस्तक्षेपको आलोचना गर्दै थापाले समस्या राजनीति नभई दलीयकरण भएको जिकिर गर्नु भएको छ। विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक नियुक्ति तथा विद्यालय सञ्चालनमा दलगत प्रभाव हाबी हुँदा शिक्षा प्रणाली कमजोर बनेको उहाँको भनाइ थियो । ‘शिक्षामा राजनीति भएको होइन, दलीयकरण भएको हो। व्यवस्थापन समितिमा आफ्नै मान्छे, प्रधानाध्यापक पनि आफ्नै मान्छे भन्ने सोचले शिक्षा प्रणालीलाई सबैभन्दा ठूलो क्षति पु¥याएको छ । अब ‘हाम्रो मान्छे’ भन्ने मानसिकताबाट बाहिर निस्कनुपर्छ,’ उहाँले भन्नु भयो । उक्त कार्यक्रममा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, शिक्षाविद् डा. विष्णु कार्की, टिच फर नेपालकी सहसंस्थापक एवं सिईओ स्विस्तिका श्रेष्ठबीच सामुहिक छफलफ भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने धवलशम्शेरको चेतावनी

काठमाडौं,१९ असार । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिनु भएको छ। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै

निजामती कर्मचारी अस्पतालको नयाँ सेवा इकाई मन्त्रालयमै सुरु

काठमाडौं,१९ असार । निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ । आज शुक्रबारदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई

दोषीको सम्पत्ति रोक्का देखि विदेश यात्रामा प्रतिबन्धसम्म

काठमाडौं,१९ असार । सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सरकारले विधेयकमार्फत नयाँ प्रक्रिया अगाडि बढाएको छ । सरकारले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३

शिक्षा प्रणालीमा ‘हाम्रो मान्छे’ भन्ने मानसिकता हटाउनुपर्छः गगन थापा

काठमाडौं,१९ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा प्रणालीका समस्या काठमाडौं र दुर्गम जिल्लामा फरक–फरक रहेको भन्दै नीति निर्माण गर्दा स्थानीय आवश्यकता र

हेटौँडामा हतियार प्रहार गरी घाइते बनाउने अभियुक्त पक्राउ

मकवानपुर,१९ असार । हेटौँडामा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ

प्रस्तावित चर्को ट्राफिक जरिवानाविरुद्ध अन्तर्राष्ट्रिय मञ्चमा आवाज

काठमाडौं,१९ असार । नेपाल सरकारले ट्राफिक नियम कठोर बनाउने तयारीविरुद्ध विश्वस्तरमा आवाज उठेको छ । इन्टरनेशनल ट्रान्र्सपोर्ट वर्कस फेडेरेशन, लण्डनको विश्व सडक यातायात स्टेरिङ समितिको