खोला किनारका बासिन्दाको दुःख केही समयका लागि मात्रै होः लामिछाने

काठमाडौं,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले खोला किनारमा बसोबास गर्ने नागरिकको व्यवस्थापनका क्रममा केही असहजता भए पनि दीर्घकालीन रूपमा यसको सकारात्मक परिणाम देखिने विश्वास व्यक्त गर्नु भएको छ । शुक्रबार पार्टीका सांसदहरूसँगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विगतमा खोला आसपासका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने वा वैकल्पिक जग्गा उपलब्ध गराउने विषयमा विभिन्न मोडलमा प्रयास भए पनि ती प्रभावकारी हुन नसकेको बताउनु भयो।

 

उहाँले भन्नु भयो, ‘खोला नजिक बसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने वा अन्यत्र जग्गा दिने प्रयास विगतका वर्षहरूमा विभिन्न मोडलबाट भएका थिए । सबैले यसको आवश्यकता महसुस गरेका थिए, कुनै पनि दल यसको विपक्षमा थिएन । तर ती उपाय प्रभावकारी हुन सकेनन्, त्यसैले अहिले नयाँ प्रक्रिया अपनाइएको हो।’ लामिछानेले नयाँ प्रक्रियाबाट नागरिकले केही समयका लागि दुःख पाएको स्वीकार गर्दै त्यसको अन्तिम परिणाम सकारात्मक हुने विश्वास व्यक्त गर्नु भएको छ।

 

उहाँले भन्नु भयो, ‘यसबाट नागरिकलाई दुःख भएन भन्ने म भन्दिनँ। तर यसको परिणाम राम्रो आयो भने अहिलेको दुःख बिर्सिने अवस्था आउँछ । लामो समयदेखि भोग्दै आएको समस्याको तुलनामा अहिलेको दुई–चार महिनाको दुःखपछि उहाँहरूले राम्रो प्रतिफल प्राप्त गर्नुहुन्छ भन्नेमा म निर्धक्क छु ।’ संविधान संशोधनका सन्दर्भमा बोल्दै लामिछानेले प्रदेश संरचनालाई थप प्रभावकारी बनाउने विषयमा खुला बहस आवश्यक रहेको बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘प्रदेश संरचनालाई रेट्रोफिट गर्नुपर्छ भन्ने आवश्यकताको महसुस सबैले गरेका छन्। हाम्रो भनाइ प्रदेश संरचनालाई बोझिलो बनाउने होइन, प्रभावकारी बनाउने विषयमा सोच्नुपर्छ भन्ने हो। यसलाई बहसको विषय बनाऔँ भनेर रास्वपाले प्रस्ताव गरेको हो।’ उहाँका अनुसार संविधान संशोधनको बहसमा प्रदेश संरचना पनि एउटा महत्वपूर्ण विषय हो र यसमा सर्वदलीय सहमतिका साथ छलफल हुनुपर्ने आवश्यकता रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी:एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता

काठमाडौँ, १९ असार । वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू माथि सरकारले आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। वैदेशिक रोजगार

एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट

काठमाडौँ, १९ असार : संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले यहि जुलाई ७ देखि १० सम्म स्वीट्जरल्याण्डमा आयोजना गर्न लागेको ‘एआई फर गुड

खोला किनारका बासिन्दाको दुःख केही समयका लागि मात्रै होः लामिछाने

काठमाडौं,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले खोला किनारमा बसोबास गर्ने नागरिकको व्यवस्थापनका क्रममा केही असहजता भए पनि दीर्घकालीन रूपमा यसको सकारात्मक

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने धवलशम्शेरको चेतावनी

काठमाडौं,१९ असार । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिनु भएको छ। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै

निजामती कर्मचारी अस्पतालको नयाँ सेवा इकाई मन्त्रालयमै सुरु

काठमाडौं,१९ असार । निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ । आज शुक्रबारदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई

दोषीको सम्पत्ति रोक्का देखि विदेश यात्रामा प्रतिबन्धसम्म

काठमाडौं,१९ असार । सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सरकारले विधेयकमार्फत नयाँ प्रक्रिया अगाडि बढाएको छ । सरकारले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३