सरकारको १०० दिन निराशाजनक र विवादास्पदः महर

काठमाडौँ,२० असार । चैत १३ गते गठित सरकार १०० दिन पूरा गर्ने संघारमा रहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक ऐन बहादुर महरले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ। महरले वर्तमान सरकारको १०० दिन अत्यन्तै विवादास्पद र निराशाजनक रहेको टिप्पणी गर्नु भएको छ। प्रमुख सचेतक महरले सरकार संविधान र कानुनको कार्यान्वयन गर्नुको साटो सर्वसत्तावाद, स्वेच्छाचारिता र तानाशाही बाटोतर्फ उन्मुख भएको आरोप लगाउनु भएको छ । उहाँले सरकार जनअपेक्षा पूरा गर्न पूर्णत असफल भएको र आफूलाई ठूलो जनमत प्राप्त भएको दम्भमा सरकारले लोकतान्त्रिक मूल्य–मान्यतालाई नै कमजोर बनाउने काम गरिरहेको बताउनु भएको छ ।

 

महरले सरकारले सपना मात्र बाँड्ने तर कार्यान्वयन पक्ष भने निकै फितलो र कमजोर रहेको दाबी गर्नु भएको छ । हिजो अभियन्ताको भूमिकामा रहेकाहरू अहिले सत्तामा पुगेपछि परिपक्वता, प्रस्ट योजना र जवाफदेहिताको साटो जनतामा डर र त्रासको वातावरण सिर्जना गर्न उद्दत रहेको उहाँको जिकिर छ । राज्यसत्ता कब्जा गर्ने नियतले सरकार अगाडि बढेको आरोप लगाउँदै महरले सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जना जस्ता जनचासोका विषयमा सरकारको ध्यान पुग्न नसकेको बताउनु भएको छ । बरु, सरकार प्रतिशोध साध्ने र आफूलाई मन नपर्ने व्यक्ति वा दललाई ‘ठिक पार्ने’ तर्फ केन्द्रित भएको उहाँले उल्लेख गर्नु भएको छ।

 

महरले मन्त्रालयहरूको सङ्ख्या घटाउने भनी भ्रम सिर्जना गरेर अन्तत मन्त्रीहरूको स्वकीय सचिवालयमा भारी सङ्ख्यामा सल्लाहकार थपेर राज्यलाई व्ययभार बढाउने काम भएको भन्दै यसले सुशासन नभई कुशासन निम्त्याउने जिकिर गरे। यसले कर्मचारीतन्त्रलाई निष्क्रिय बनाउने र स्थापित मूल्य–मान्यतालाई लथालिङ्ग बनाउने प्रयास भइरहेको उहाँको भनाइ छ । सरकारले ल्याएको १०० बुँदे कार्ययोजनाको कार्यान्वयन १० प्रतिशत पनि हुन नसकेको जिकिर गर्दै महरले सरकारको व्यवहार उरन्ठेउलो र ‘वचपन’पूर्ण रहेको आरोप लगाउनु भएको छ । उहाँले सरकारको कार्यशैली देश र लोकतन्त्रका लागि अत्यन्तै चिन्ताजनक र खतरनाक भएको चेतावनी दिनु भएको छ । एमाले परम्परागत रूपमा विरोधका लागि विरोध गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै महरले रचनात्मक र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ ।

 

सरकारले जनताको पक्षमा, संविधान र विधिको शासनअनुसार काम गर्दा आफ्नो पूर्ण समर्थन रहने तर कमजोरी वा गलत काम गरेमा कडा खबरदारी र प्रश्न गर्ने उहाँले प्रष्ट पार्नु भयो। प्रधानमन्त्रीको संसदीय भूमिकाप्रति कटाक्ष गर्दै महरले संविधानको धारा ७६ (१०) अनुसार सरकार सदनप्रति उत्तरदायी हुनुपर्ने भए पनि प्रधानमन्त्रीले संसदलाई नै उपेक्षा र अपमान गरेको आरोप लगाउनु भएको छ । संसदमा आउने शैली र उपस्थितिबाटै प्रधानमन्त्रीले लोकतन्त्र र सार्वभौमसत्ताको अवहेलना गरिरहेको उहाँले टिप्पणी गर्नु भएको छ । महरले अपार जनमत पाएको सरकारले युवा पुस्ताप्रति जगाएको आशामा सुरुमै तुषारापात भएको बताउनु भएको छ । एक महिना नबित्दै नागरिकहरू सडकमा उत्रिनुपर्ने अवस्था आउनु सरकारको ठूलो असफलता भएको बताउँदै उहाँले सरकार यही प्रवृत्तिमा चले ६ महिना टिक्न पनि मुस्किल पर्ने दाबी गर्नु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो