डा.चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार हो : संघ

काठमाडौं,२१ असार । नेपाल सरकारले योग, आयुर्वेद तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा योग तथा प्राकृतिक चिकित्सा संघद्वारा आयोजित कार्यक्रमका वक्ताहरूले डा.चेतना पौडेललाई अनावश्यक विवादमा तानेको समेत आरोप लगाएका छन् ।

९औँ राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको सन्दर्भमा आयोजित यो कार्यक्रममा संघका अध्यक्ष डा.जनक बहादुर बस्नेतले प्राकृतिक चिकित्सालाई राज्यले प्राथमिकता नदिएको बताउनु भयो । विश्व भरी प्रभावकारी बन्दै गइरहेको बेला नेपालमा यो चिकित्सा ओझेलमा पर्नु दुर्भाग्य रहेको डा.बस्नेतको कथन छ ।

‘पछिल्लो समयमा अत्यधिक रोगीहरू बढ्दै जानुमा राज्यकै नजरमा प्राकृतिक चिकित्साप्रतिको बुझाइमा अस्पष्टताले समस्या बढिरहेको छ,’ डा.बस्नेतले भन्नु भयोे ।

डा.चेतना पौडेलको गिरफ्तारी र राज्यको अनुसन्धान प्रक्रिया प्राकृतिक चिकित्सामाथिको प्रहार भएको समेत बस्नेतको आरोप छ । डा.चेतानाले ‘राजिब गान्धी युनिभर्सिटी अफ हेल्थ साईन्स’ बैङलोरबाट साढे ५ वर्षको मेडिकल कोर्ष अध्ययन पूरा गरी २१ वर्षदेखि चिकित्सकीय अभ्यासमा रहेको बताउँदै बस्नेतले भने, ‘२ दशक बढी डाक्टरी पेसा गरिरहनु भएकी उहाँ कसरी नक्कली डाक्टर हुनुभयो ।’

डा.चेतना पौडेलले आफूले योग तथा प्राकृतिक चिकित्सा सम्बन्धी अध्ययन गरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भई दुई दशक बढी यही पेसा गरिरहँदा पूर्वाग्रहीत साँधिएको भन्दै दुःखे सो व्यक्त गर्नुभयो् ।

प्रा.डा.सञ्जय पोखरेलले विश्व भरी प्रभावशाली बन्दै गइरहेको योग तथा प्राकृतिक चिकित्सालाई नेपाल सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । डा.चेतना पौडेललाई राज्यले अनावश्यक विवादमा तानेर प्राकृतिक चिकित्सामाथि प्रहार गरेको पोखरेलको आरोप छ ।

डा.हेमराज कोइरालाले प्राकृतिक चिकित्साको विकास क्रमबारे प्रष्ट पार्दै सो चिकित्सा पद्धतिको उद्गम थलो नेपालमा नै हेलाँमा परेको भन्दै दुःखे सो व्यक्त र्नुभयो ।

डा.रविनलाल श्रेष्ठले ब्याचलर अफ नेचुरोप्याथी एण्ड योगिक साइन्सेस (बिएनवाईएस) प्रभावकारी, प्रमाणित चिकित्सा भएको र अत्यावश्यक रहेको पनि बताउनु भयो । श्रेष्ठले योग तथा प्राकृतिक चिकित्साको नेपालमा कानुनी मान्यताको बारेमा तत्थ्यहरु प्रस्तुत गर्नुभएको थियो ।

डा.सन्जु खईजुले यो चिकित्सालाई प्रभावकारी तथा महत्वलाई बढाउन राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा योग तथा प्राकृतिक चिकित्सा अध्ययन पुरा गरेका नयाँ डाक्टरहरूलाई सम्मान गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वविद्यालयहरूलाई राजनीतिमुक्त बनाउने उपकुलपतिहरूको साझा प्रतिबद्धता

काठमाण्डौ,३० असार । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको

११ महिनामै नेपालमा २१ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमान्डौं ,३० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा विदेशबाट आउने रेमिट्यान्स २१ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रकम

११ महिनामै नेपालमा २१ खर्बभन्दा बढी रेमिट्यान्स

काठमान्डौं ,३० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा विदेशबाट आउने रेमिट्यान्स २१ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रकम

प्रदेशमै उत्पादन कच्चा पदार्थबाट कोशी प्रदेशमा पोशाक

विराटनगर,३० असार । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२ / ०८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोशाक भत्ता कार्यान्वयनमा ल्याएको छ। कोशी

सामाजिक सञ्जालमा युवा कानुन व्यवसायी : मर्यादा र आचारसंहिताको लक्ष्मणरेखा

दमक,३० असार । वकालत अत्यन्त मर्यादित, संवेदनशील र प्रतिष्ठित पेशा हो। कानुनको व्याख्या गर्ने तथा न्याय निरूपणमा अदालतलाई सहयोग गर्ने गुरुत्तर जिम्मेवारी बोकेको हुनाले नै

उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौं,३० असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको निधनमा समवेदना व्यक्त गर्न मंगलबार कतार प्रस्थान गरेर्नु भएको