सिँचाइ पूर्वाधार र कृषि उत्पादनमा दुई मन्त्रालयको सहकार्य

काठमाडौं,२३ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाउने विषयमा सहकार्य गर्ने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी बीच मंगलबार ऊर्जा मन्त्रालयमा भएको भेटवार्तामा सिँचाइ, उत्पादन, कृषि सेवा र बजारी करणलाई एउटै योजना अन्तर्गत अघि बढाउने विषयमा छलफल भएको हो ।

 

छलफलका क्रममा मन्त्री श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तारमा ठूलो लगानी गरिरहेको उल्लेख गर्दै त्यसपछि आवश्यक पर्ने उन्नत बीउ, मल, प्रविधि, प्राविधिक सेवा र कृषि उपजको बजारीकरण समेत प्रभावकारी हुन सके मात्र लगानीको पूर्ण प्रतिफल प्राप्त हुने धारणा राख्नु भयो । त्यसका लागि सिँचाइ र कृषिसम्बन्धी कार्यक्रमलाई मन्त्रालयगत सीमाभन्दा माथि उठेर एकीकृत योजनाका रूपमा कार्यान्वयन गर्नुपर्ने प्रस्ताव उहाँले गर्नु भयो । कृषि मन्त्री चौधरीले उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आगामी दिनमा दुवै मन्त्रालयबीच नीति निर्माण, कार्यक्रम छनोट र कार्यान्वयन तहसम्म समन्वयलाई थप सुदृढ बनाउने बताउनु भयो ।

 

यसअघि मन्त्री श्रेष्ठले पश्चिम नेपालका प्रमुख सिँचाइ आयोजनाको स्थलगत अनुगमन गर्नु भएको थियो । उहाँले रानी–जमरा–कुलरिया, सिक्टा, बबई तथा राजापुर सिँचाइ प्रणाली लगायतको निरीक्षण गर्दै किसान, आयोजना प्रमुख तथा प्राविधिकहरूसँग अन्तरक्रिया गर्नु भएको थियो । त्यस क्रममा आयोजनाको प्रगति, सञ्चालनका चुनौती र किसानको आवश्यकता बारे प्रत्यक्ष छलफल भएको थियो । बर्दियामा निर्माणाधीन बबई सिँचाइ आयोजनाले जिल्लाका छ वटा स्थानीय तहका करिब ३६ हजार हेक्टर कृषि जमिनमा वर्षभरि सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ । त्यसैगरी कैलालीको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाबाट करिब ३७ हजार ८०० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार हुने अपेक्षा गरिएको छ ।

 

त्यस्तै बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित काम गरिरहेको छ । यी आयोजनाको करिब आधा निर्माण सम्पन्न भइसकेको छ भने मूल नहर, शाखा तथा उपशाखा नहर, तटबन्ध, जलाशय र लिफ्ट सिँचाइ प्रणाली विस्तारसँगै किसानले क्रमशः प्रत्यक्ष लाभ लिन थालेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रेडक्रसका सवारी र चिन्ह दुरुपयोग गरे कारबाही हुने

काठमाडौं,२३ असार । नेपाल रेडक्रस सोसाइटीले संस्थाका सवारी साधन, एम्बुलेन्स तथा रेडक्रस चिन्हको अनधिकृत प्रयोग नगर्न चेतावनी दिएको छ। रेडक्रसका सवारी साधन व्यक्तिगत, पारिवारिक, व्यावसायिक

२.४ अर्ब डलर सहयोग गर्ने एडिबीको घोषणा,६० वर्षे साझेदारी थप सुदृढ बनाइने

काठमाडौं,२३ असार । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२९ सम्म नेपालमा आफ्नो सहयोग बढाउँदै कुल २।४ अर्ब अमेरिकी डलर पुर्‍याउने भएको छ। नेपाल भ्रमणमा

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा।देवेन्द्र खत्री नियुक्त

काठमाडौं,२३ असार । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा।देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा।खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्

विराटनगर कांग्रेसका नेता अभिषेक गिरी सीआईबीको घेरामा ,किन लगियो रातारात काठमाडौं?

विराटनगर २३ असार । जिल्ला अदालत मोरङले हाजिरी जमानीमा छाड्न आदेश दिए पनि विराटनगरका कांग्रेस नेता अभिषेक गिरी थुनामुक्त हुन पाएनन्। अदालतको आदेशपछि सोमबार राति

काँकडभिट्टा तस्करी प्रकरण स् दुई डीएसपीसहित ११ प्रहरी अनुसन्धानमा

काँकडभिट्टा ,२३ असार । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा नाका र मेची भन्सार कार्यालयको निरीक्षणका क्रममा तस्करीबारे गुनासो सुनेपछि दुई डीएसपीसहित ११ जना प्रहरी

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग

काठमाडौं ,२३ असार। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित