बालअधिकारमा राष्ट्रिय अध्ययन हुँदै : अध्यक्ष मगर

काठमाडौं ,२४ असार। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले दलित समुदायको हकअधिकार संरक्षण, बालअधिकार, सुकुमबासी समस्या, संक्रमणकालीन न्याय तथा मानव अधिकार प्रवद्र्धनका विषयमा आयोगले सम्बन्धित निकायसँग सहकार्य गर्दै काम गरिरहेको बताउनु भएको छ ।

प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मानव अधिकारको वर्तमान अवस्था, समस्या तथा प्रवद्र्धनमा आयोगको भूमिकाबारे छलफलका क्रममा अध्यक्ष मगरले आयोग दलित समुदायका अधिकारप्रति संवेदनशील रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘ दलित समुदायका हकअधिकार संरक्षणमा राष्ट्रिय मानव अधिकार आयोग सधैं संवेदनशील छ । दलितसँग सम्बन्धित उजुरी आएमा आवश्यक अनुसन्धान र समन्वय गरेर काम गर्छौं । बालअधिकार, सुकुमबासी, संक्रमणकालीन न्यायलगायतका विषयमा पनि सम्बन्धित निकायसँग सहकार्य गर्दै मानव अधिकार संरक्षणका लागि आयोग निरन्तर सक्रिय छ ।’

उहाँले दलित समुदायसँग सम्बन्धित उजुरी आयोगमा परेमा कानुनी अधिकारभित्र रहेर अनुसन्धान तथा आवश्यक समन्वय गर्ने गरिएको उल्लेख गर्नु भयो । घरभाडामा बसिरहेका एक दलित परिवारलाई जातीय आधारमा घरबाट निकालिएको घटनामा प्रहरी प्रशासनले उजुरी दर्ता गर्न नमानेपछि आयोगको पहलमा उजुरी दर्ता गराइएको उदाहरण पनि उहाँले प्रस्तुत गर्नु भयो । यस विषयमा तत्कालीन एक मन्त्री अदालतमा घरधनीको पक्षबाट उपस्थित भएको घटनाबारे आयोगले स्पष्टीकरणसमेत लिएको उहाँले जानकारी दिनु भयो।

अध्यक्ष मगरले दलित आयोग, महिला आयोगलगायत संवैधानिक आयोगहरूसँग समन्वय गर्दै मानव अधिकारसम्बन्धी प्रतिवेदनहरू संयुक्त रूपमा तयार गरी अन्तर्राष्ट्रिय संयन्त्रमा समेत पठाइने गरेको बताउनु भयो । उहाँले आयोगभित्र पनि समन्वय संयन्त्र गठन गरिएको र सहकार्यलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो।

उहाँले भन्नु भयो, ‘दलित आयोग, महिला आयोगलगायत संवैधानिक आयोगहरूसँग समन्वय गरेर मानव अधिकारसम्बन्धी प्रतिवेदन संयुक्त रूपमा तयार गर्ने गरेका छौं। अन्तर्राष्ट्रिय संयन्त्रमा पनि ती प्रतिवेदन संयुक्त रूपमा पठाइन्छन्। आयोगभित्र पनि समन्वय संयन्त्र गठन गरिएको छ र सहकार्यलाई अझ प्रभावकारी बनाउने दिशामा काम भइरहेको छ ।’

बालअधिकारको विषयमा आयोगले निरन्तर अनुगमन तथा अनुसन्धान गरिरहेको जानकारी दिँदै उहाँले बाल सुधार गृह तथा बाल अधिकारसँग सम्बन्धित विषयमा राष्ट्रियस्तरको अध्ययन (नेसनल इन्क्वायरी) अघि बढाइएको बताउनु भयो । बाल उमेरको कानुनी व्यवस्थामा संशोधन आवश्यक छ वा छैन भन्ने विषयमा अध्ययन प्रतिवेदन आएपछि मात्र आयोगले सरकारलाई सिफारिस गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

विदेशमा रहेका नेपालीहरूको मानव अधिकार संरक्षणका विषयमा पनि आयोग सक्रिय रहेको उल्लेख गर्दै अध्यक्ष मगरले रुसमा रहेका नेपालीहरूको अवस्थाबारे त्यहाँको राष्ट्रिय मानव अधिकार आयोगसँग निरन्तर समन्वय भइरहेको जानकारी दिनु भयो । आवश्यक जानकारी आदानप्रदान तथा सहयोगका लागि दुवै आयोगबीच पत्राचार भइरहेको उहाँले बताउनु भयो ।

सुकम्बासी व्यवस्थापनका सन्दर्भमा आयोगले सरकारलाई वास्तविक सुकुमबासीको पहिचान गरी वैकल्पिक बसोबासको व्यवस्था मिलाएपछि मात्र व्यवस्थापन प्रक्रिया अघि बढाउन सिफारिस गरेको स्मरण गराउनु भयो। उक्त सिफारिस कार्यान्वयनको अवस्थाबारे सरकारसँग आयोगले नियमित रूपमा प्रगति विवरण मागिरहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘बालअधिकारको विषयमा आयोगले निरन्तर अनुगमन र अनुसन्धान गरिरहेको छ। बाल सुधार गृह तथा बाल अधिकारसम्बन्धी विषयमा राष्ट्रियस्तरको अध्ययन भइरहेको छ र त्यसको प्रतिवेदनका आधारमा आवश्यक सिफारिस गर्नेछौं। विदेशमा रहेका नेपालीहरूको मानव अधिकार संरक्षणका लागि सम्बन्धित देशका मानव अधिकार आयोगसँग समन्वय गर्दै काम गरिरहेका छौं। साथै, वास्तविक सुकुमबासीको पहिचान र वैकल्पिक बसोबासको व्यवस्था सुनिश्चित गरेर मात्र व्यवस्थापन प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गरेका छौं र त्यसको कार्यान्वयनबारे नियमित रूपमा जानकारी मागिरहेका छौं ।’

आयोगले तयार गर्ने अनुसन्धान प्रतिवेदन सार्वजनिक नगर्ने नीति रहेको स्पष्ट पार्दै उहाँले अनुसन्धानका क्रममा संकलित गोप्य प्रमाण, बयान तथा संवेदनशील विवरण समेटिएकाले ती प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने बताउनु भयो । आयोगको अन्तिम निर्णय तथा सिफारिस भने सार्वजनिक गरिने र आयोगको वेबसाइटमार्फत उपलब्ध रहेको उहाँले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

तेलको मूल्य बढ्यो, हवाई सुरक्षामा कडाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौता र युद्धविराम समाप्त भएको घोषणा गरेसँगै विश्व अर्थतन्त्रमा त्यसको प्रत्यक्ष असर देखिन थालेको छ। मध्यपूर्वमा बढेको तनावका कारण

करोडौंको सम्पत्ति हडपेको आरोप, अभिषेक गिरीमाथि सीआईबीको अनुसन्धान

विराटनगर,२४ असार । विराटनगर–८ का अभिषेक गिरीमाथि निर्माण व्यवसायीको करोडौं रुपैयाँ बराबरको सम्पत्ति हडपेर श्रीमतीको नाममा नामसारी गरेको आरोप लागेको छ। सरकारी ठेक्का मिलाइदिने प्रलोभन

मन्त्रिपरिषद्का ८ निर्णय सार्वजनिक, गोविन्दबहादुर कार्की बने नयाँ मुख्यसचिव

काठमाडौं, २४ असार। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ८ वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले प्रधानमन्त्री तथा

कोशी सरकारको बजेट पारित

विराटनगर ,२४ असार । सत्तारुढ दलभित्रै चर्किएको असन्तुष्टिबीच कोशी प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८३ /८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको ४० अर्ब ४४ करोड

नेपाली विद्यार्थीलाई पाकिस्तानमा अध्ययन गर्ने मौका, ६ छात्रवृत्ति उपलब्ध

काठमान्डौं , २४ असार ।नेपाली विद्यार्थीले पाकिस्तानमा बीएससी इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्तिको अवसर पाउने भएका छन्। शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले सूचना जारी गर्दै इच्छुक

१२ हजार रुपैयाँ घुससहित वन अधिकृत रंगेहात पक्राउ

सिरहा, २४ असार । सिरहाको सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख वन अधिकृत रामकेवल राय यादव १२ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान