चार ऐन र एक नियमावली खारेज गर्दै सरकार, राजस्व अनुसन्धानका अधिकार पनि सर्ने

काठमाडौं,२५ असार ।  सरकारले चार वटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी गरेको छ।

यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ दर्ता गरेका छन्।
विधेयकको दफा ५ मा खारेजी तथा बचाउ सम्बन्धी व्यवस्था राखिएको छ। प्रस्तावअनुसार खारेज हुने कानुनहरूमा प्रादेशिक विकास योजनाहरू (कार्यान्वित गर्ने) ऐन, २०१३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४, आय टिकट दस्तुर ऐन, २०१९, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ र वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५ रहेका छन्।

यससँगै राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली, २०७९ पनि खारेज गर्ने प्रस्ताव गरिएको छ।
विधेयक ऐनका रूपमा लागू भएपछि राजस्व अनुसन्धान विभागमा दर्ता भएका तथा अनुसन्धान भइरहेका वा अनुसन्धान पूरा भएर पनि मुद्दा दायर हुन बाँकी रहेका उजुरी सम्बन्धित निकायमा हस्तान्तरण गरिने व्यवस्था गरिएको छ।

आयकर, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) र गैरकरसँग सम्बन्धित मुद्दा आन्तरिक राजस्व विभागमा, चोरी निकासी–पैठारीका मुद्दा भन्सार विभागमा तथा विदेशी विनिमयसम्बन्धी कसूरका मुद्दा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम तोकिएको अनुसन्धान अधिकारीलाई पठाइनेछ।
त्यस्तै, हाल राजस्व अनुसन्धान विभागमा रहेका अभिलेखहरू पनि नेपाल सरकार, अर्थ मन्त्रालयको निर्णयअनुसार सम्बन्धित निकायमा हस्तान्तरण गरी व्यवस्थापन गरिने प्रस्ताव विधेयकमा उल्लेख गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सार्वजनिक सञ्चारमाध्यममा मनोमानी करार भर्ती अन्त्य गर्ने सरकारको तयारी

काठमान्डौं, २५ असार । सूचना तथा सञ्चारमन्त्री डा।विक्रम तिमिल्सिनाले गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) र राष्ट्रिय समाचार समिति (रासस)मा अत्यावश्यक र दैनिक सेवा

ओलीको टिप्पणी ‘१०० दिनको सरकार उम्लिएको दूधजस्तो

काठमान्डौं, २५ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिनको कार्यकालप्रति असन्तुष्टि जनाउँदै सरकारको व्यवहार अपरिपक्व र अस्थिर देखिएको टिप्पणी गर्नु भएको

मानव अधिकार आयोगको सिफारिस सच्याउन माग : ओली

काठमान्डौं, २५ असार ।  पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस सच्याउन माग गर्दै निवेदन दिनु भएको छ । ओलीको

इलामको विपद् समस्या लिएर प्रधानमन्त्री कार्यालय पुगे सांसद सुहाङ, समाधानको पहल सुरु

इलाम ,२५ असार । अविरल वर्षा र विपद्का कारण इलाममा देखिएको सडक अवरोध तथा अत्यावश्यक सामग्री आपूर्तिको समस्या समाधानका लागि सांसद सुहाङ नेम्वाङले सरकारको ध्यानाकर्षण

नेपाल क्षेत्रीय ऊर्जा सहकार्यका लागि प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ

काठमाडौं ,२५ असार। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले दक्षिण एसियामा ऊर्जा जडान र अन्तरदेशीय विद्युत व्यापार विस्तारले क्षेत्रीय ऊर्जा सुरक्षालाई मजबुत बनाउने बताउनु भएको

रुग्ण आयोजना र भुक्तानी समस्या समाधान गर्न प्रधानमन्त्री सकारात्मक

काठमाडौँ, २५ असार । प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवद्र्धन र भौतिक पूर्वाधार विकासका सन्दर्भमा आज(विहीबार) नेपाल निर्माण व्यवसायी महासंघका