कृषि र डेरी उद्योगका लागि मौद्रिक नीति सकारात्मक :नेपाल डेरी एसोसिएसन

काठमाडौं,२६ असार । नेपाल डेरी एसोसिएसनले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिको स्वागत गरेको छ ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालद्वारा जारी विज्ञप्तिमा मौद्रिक नीतिले कृषि, पशुपालन, डेरी तथा कृषि आधारित उद्योगलाई प्राथमिकता दिँदै उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह, सहुलियतपूर्ण वित्तीय पहुँच, साना तथा मझौला उद्यममा कर्जा विस्तार, कृषि मूल्य शृङ्खला, खाद्य प्रशोधन, चिस्यान केन्द्र, भण्डारण पूर्वाधार तथा आयात प्रतिस्थापनमुखी उद्योगलाई प्रोत्साहन गर्ने व्यवस्था समेटेको भन्दै स्वागत गरिएको छ ।

एसोसिएसनले डेरी क्षेत्र कृषि अर्थतन्त्र, खाद्य सुरक्षा, ग्रामीण रोजगारी तथा लाखौँ किसान परिवारको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले उत्पादनशील क्षेत्रमा कर्जा विस्तार, कृषि तथा डेरी उद्योगमा लगानी प्रोत्साहन, कर्जा पुनर्तालिकीकरण तथा पुनःसमायोजन, डिजिटल वित्तीय पहुँच विस्तार र हरित लगानीलाई प्राथमिकता दिने व्यवस्था सकारात्मक रहेको जनाएको छ ।

तर मौद्रिक नीतिमा उल्लेख गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको एसोसिएसनको भनाइ छ ।

डेरी उद्योगले कच्चा दूध उत्पादनमा कमी, उत्पादन लागत वृद्धि, बजार संकुचन, कार्यशील पुँजीको अभाव र बैंकिङ कर्जाको भार जस्ता समस्या सामना गरिरहेको भन्दै उद्योगलाई विशेष प्राथमिकता दिन माग गरिएको छ ।

एसोसिएसनले डेरी उद्योगलाई उत्पादनशील तथा अत्यावश्यक उद्योगका रूपमा सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउन, कार्यशील पुँजीको सहज व्यवस्था गर्न तथा पुनर्कर्जा र कर्जा पुनर्संरचनाको व्यवस्था प्रभावकारी रूपमा लागू गर्न आग्रह गरेको छ ।

नेपाल डेरी एसोसिएसनले सरकार, नेपाल राष्ट्र बैंक र सम्बन्धित सरोकारवालासँग सहकार्य गर्दै स्वदेशी दुग्ध उद्योगको संरक्षण तथा प्रवद्र्धन, किसानको आय वृद्धि, रोजगारी सिर्जना, आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा निरन्तर योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वविद्यालयहरूलाई राजनीतिमुक्त बनाउने उपकुलपतिहरूको साझा प्रतिबद्धता

काठमाण्डौ,३० असार । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको

११ महिनामै नेपालमा २१ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमान्डौं ,३० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा विदेशबाट आउने रेमिट्यान्स २१ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रकम

११ महिनामै नेपालमा २१ खर्बभन्दा बढी रेमिट्यान्स

काठमान्डौं ,३० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा विदेशबाट आउने रेमिट्यान्स २१ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रकम

प्रदेशमै उत्पादन कच्चा पदार्थबाट कोशी प्रदेशमा पोशाक

विराटनगर,३० असार । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२ / ०८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोशाक भत्ता कार्यान्वयनमा ल्याएको छ। कोशी

सामाजिक सञ्जालमा युवा कानुन व्यवसायी : मर्यादा र आचारसंहिताको लक्ष्मणरेखा

दमक,३० असार । वकालत अत्यन्त मर्यादित, संवेदनशील र प्रतिष्ठित पेशा हो। कानुनको व्याख्या गर्ने तथा न्याय निरूपणमा अदालतलाई सहयोग गर्ने गुरुत्तर जिम्मेवारी बोकेको हुनाले नै

उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौं,३० असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको निधनमा समवेदना व्यक्त गर्न मंगलबार कतार प्रस्थान गरेर्नु भएको