धमाधम पाउन थाले शिव शिखर बचतकर्ताले बचत फिर्ता

काठमाडौं,२७ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्नु भएको छ ।

समितिका अनुसार शिव शिखर सहकारीका ९६ जना पीडितले बचत फिर्ता पाएका हुन् । हालसम्म शिव शिखर सहकारीका १२१३ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् ।

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, भ्रामक समाचारप्रति परिवारको आपत्ति

काठमाडौँ, २७ असार । काठमाडौँको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा निधन भएको छ। वीर अस्पतालमा उपचारका क्रममा उनको

कृषि सामग्रीमा कालोबजारी र कृत्रिम अभाव सिर्जना गरे कडा कारबाही हुने: मन्त्री चौधरी

चितवन, २७ असार । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने तथा कृषि सामग्री लुकाएर मूल्यवृद्धि गर्नेमाथि कडा

तोकिएको समयमा नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको लाइसेन्स खारेज

काठमाडौँ, २७ असार ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकिएको समयभित्र इजाजतपत्र (लाइसेन्स) नवीकरण नगर्ने ४४ वटा निर्माण कम्पनीहरूको लाइसेन्स खारेज गरिदिएको छ। मन्त्रालय अन्तर्गतको निर्माण

धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

जनकपुरधाम, २७ असार ।धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान उपमेयर सवार सरकारी गाडी र एम्बुलेन्स एकआपसमा ठोक्किँदा आठ जना घाइते भएका छन्। नेपाल

धमाधम पाउन थाले शिव शिखर बचतकर्ताले बचत फिर्ता

काठमाडौं,२७ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्नु भएको छ । समितिका अनुसार शिव शिखर सहकारीका ९६ जना पीडितले

वाइवाइ लाई पिरो स्वादका चाउचाउले दियो टक्कर

काठमाडौं,२७ असार । दशकौँदेखि नेपाली चाउचाउ बजारमा एकछत्र राज गर्दै आएको ‘वाइवाइ’ लाई पछिल्लो समय बजारमा भित्रिएका पिरो स्वादका चाउचाउले कडा टक्कर दिन थालेका छन् ।