दुर्गा प्रसाईँ विमानस्थलबाट नियन्त्रणमा, निवास पुर्याएर छाडियो

काठमाडौं,२८ असार। राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पु¥याएको छ । आइतबार प्रसाईँले झापाबाट काठमाडौं आएपछि विमानस्थलबाटै सुकुम्बासी समस्या, आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्था लगायत समसामयिक राष्ट्रिय विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बताउनु भएको थियो ।

 

तर उहाँ विमानस्थलमा आइपुग्ना साथ काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईको टोलीले उहाँलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले प्रसाईँलाई आफ्नो सवारीसाधन मार्फत भक्तपुरस्थित निवास पु¥याएर छाडेको जनाएको छ । यस घटनापछि केही अनलाइन सञ्चारमाध्यमले प्रसाईँ पक्राउ परेको भन्दै समाचार प्रकाशित गरेपछि प्रहरीले त्यसको खण्डन गरेको छ ।

 

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी भट्टराईले प्रसाईँलाई पक्राउ नगरिएको स्पष्ट पार्नु भएको छ। उहाँले विमानस्थल जस्तो निषेधित क्षेत्रमा विरोध कार्यक्रम गर्न नपाइने भएकाले सुरक्षा र व्यवस्थापनका लागि उहाँलाई नियन्त्रणमा लिएर घर पु¥याइएको बताउनु भयो । ‘हामीले पक्राउ गरेको होइनौँ । उहाँले विमानस्थलजस्तो निषेधित क्षेत्रमा विरोधको कार्यक्रम गर्न लाग्नुभएको थियो । त्यसैले हामीले उहाँलाई घर छोडेर आएका हौँ । यो केवल सहजीकरण मात्र हो,’ एसपी भट्टराईले भन्नु भयो।

प्रहरीले निषेधित क्षेत्रमा कुनै पनि प्रकारका प्रदर्शन वा कार्यक्रम गर्न नपाइने भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै प्रसाईँलाई त्यहाँबाट हटाइएको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

स्वतन्त्र छानबिन गर्न सहयात्रा इन्टरनेसनलको माग

टोरन्टो,२८ असार । सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिसले २५ वर्षीय गणेश नेपालीको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको परिस्थितिबारे स्वतन्त्र, पारदर्शी र निष्पक्ष छानबिन

सरकारको नीति र सुकुम्बासी दमनविरुद्ध अखिल नेपाल युवक संघको प्रदर्शन

काठमाडौं,२८ असार । अखिल नेपाल युवक संघ काठमाडौंले सरकारको जनविरोधी नीति तथा सुकुम्बासी माथि भएको व्यवहारको विरोध गर्दै आइतबार माइतीघरमण्डलामा प्रदर्शन गरेको छ । प्रदर्शनका

लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन : एमाले नेता निरज आचार्य

काठमाडौं,२८ असार । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले लोकतन्त्रमा जनादेशलाई स्वेच्छाचारिताको रुपमा बुझ्नु नहुने बताउनु भएको छ । वर्तमान सरकारका गतिविधिप्रति

दुर्गा प्रसाईँ विमानस्थलबाट नियन्त्रणमा, निवास पुर्याएर छाडियो

काठमाडौं,२८ असार। राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पु¥याएको छ । आइतबार

कमल खेतीले बदलियो चिनियाँ सहर सुजाउको अर्थतन्त्र

काठमाडौं,२८ असार । पूर्वी चीनको सुजाउ सहरमा कमल खेतीले कृषि, पर्यटन र स्थानीय व्यापारलाई जोड्दै बहुआयामिक उद्योगको रूप लिएको छ । गर्मीयाममा फुल्ने कमल अहिले

३ प्रतिशत ’समता शिक्षा सेवा शुल्क’ खारेज गर्न निजी विद्यालयहरूको माग

काठमाडौं,२८ असार । निजी विद्यालयका चार प्रमुख संगठनले सरकारले आर्थिक वर्ष २०८३ / ८४ को बजेटमार्फत प्रस्ताव गरेको ३ प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज