साहित्य कला सङ्गमको पुस्तक लोकार्पण कार्यक्रम 

असार २७ गते ,दमक । साहित्यकला सङ्गम दमक झापाले एक भव्य कार्यक्रमका बिच पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ ।

साहित्य कला सङ्गमका आजीवन सदस्य समेत रहेका साहित्यकार त्रिलोचन रेग्मीको कृति, स्मृतिमा आइरहने दिनहरु ,को लोकार्पण कार्यक्रम आज पृथ्वी मा वि दमक ७ को हलमा भव्य रूपमा सुसम्पन्न गरिएको छ । उक्त कार्यक्रम संस्थाका अध्यक्ष बिन्दु दहाल मूकदर्शकको अध्यक्षतामा र दमक प्रज्ञा प्रतिष्ठानका  अध्यक्ष प्रा डा गोपालप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा सुसम्पन्न भएको थियो । कृतिको विषयमा साहित्यकारहरु शिव रेग्मी प्रणत र लीलाराम निरौला ले समिक्षात्मक टिप्पणी गर्नु भएको थियो ।

कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष तथा सल्लाहकार हेम अधिकारी , संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार  नरपती पाण्डे , दमक क्याम्पसका पूर्व क्याम्पस प्रमुख ,साहित्य कला सङ्गमका सल्लाहकार डा उत्तम भट्टराई  ,संस्थाका सल्लाहाकार सदस्य पुस्ता राई ,प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई , द लिटरेरी भुटानका अध्यक्ष तिलक राई , मिक्लाचोङ साहित्य समाज  अध्यक्ष इन्द्र घिमिरे , ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका अध्यक्ष दुर्गा पौडेल , नवनासो  प्रतिष्ठान धरमपुरका अध्यक्ष  दिलिप घिमिरेको गरिमामय उपस्थिति रहेको थियो । वहाँहरूले शुभकामना मन्तव्य सहित रचना वाचन गर्नु भएको थियो ।

यसरी नै साहित्यकारहरु दिल भुटानी , रुद्र प्रभात ,हरि पराजुली , रेवती घिमिरे , विवेक दुलाल क्षेत्री ,टंक पाठक ,विरेन्द्र थोक्लिहाङ,दिलिप सगर राईलगायतले रचना वाचन गर्नु भएको थियो । कार्यक्रममा पाठकप्रतिक्रियाका रूपमा लक्ष्मी वाग्ले रेग्मी र मेघबन्धु खनालले आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा एक सय भन्दा बढी साहित्यकार , साहित्यानुरागीहरूको उपस्थित रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्था उपाध्यक्ष यादव प्रसाद अधिकारी झाक्रीखोलेले राख्नु भएको थियो भने स्वागत गीत र साङ्गीतिक प्रस्तुति सुरवीर श्रेष्ठ र वहाँका टिमले प्रस्तुत गरेको थियो । कार्यक्रमको सन्चालन साहित्य कला सङ्गमका महासचिव  ओमप्रसाद खनालले गर्नुभएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वविद्यालयहरूलाई राजनीतिमुक्त बनाउने उपकुलपतिहरूको साझा प्रतिबद्धता

काठमाण्डौ,३० असार । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको

११ महिनामै नेपालमा २१ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमान्डौं ,३० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा विदेशबाट आउने रेमिट्यान्स २१ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रकम

११ महिनामै नेपालमा २१ खर्बभन्दा बढी रेमिट्यान्स

काठमान्डौं ,३० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा विदेशबाट आउने रेमिट्यान्स २१ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रकम

प्रदेशमै उत्पादन कच्चा पदार्थबाट कोशी प्रदेशमा पोशाक

विराटनगर,३० असार । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२ / ०८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोशाक भत्ता कार्यान्वयनमा ल्याएको छ। कोशी

सामाजिक सञ्जालमा युवा कानुन व्यवसायी : मर्यादा र आचारसंहिताको लक्ष्मणरेखा

दमक,३० असार । वकालत अत्यन्त मर्यादित, संवेदनशील र प्रतिष्ठित पेशा हो। कानुनको व्याख्या गर्ने तथा न्याय निरूपणमा अदालतलाई सहयोग गर्ने गुरुत्तर जिम्मेवारी बोकेको हुनाले नै

उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौं,३० असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको निधनमा समवेदना व्यक्त गर्न मंगलबार कतार प्रस्थान गरेर्नु भएको