मेची राजमार्ग पूर्ण रूपमा अवरुद्धः निरन्तर जमिन भासिँदै, मन्त्रीको निर्देशन कागजमै सीमित

इलाम, २९ असार । पूर्वी पहाडी जिल्लाहरूको मुख्य आर्थिक तथा यातायातको मेरुदण्ड (लाइफलाइन) मानिएको मेची राजमार्गको इलाम–राजदुवाली खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको वर्षा र जमिन भासिने क्रम नरोकिँदा इलाम सदरमुकामसहित माथिल्ला क्षेत्रहरू जिल्लाकै अन्य भूभाग र तराईबाट विच्छेद भई ‘टापु’ सरह बनेका छन्।

सडकको समयमै स्तरोन्नति तथा निर्माण कार्य पूरा नहुनु र यस वर्ष फागुन महिनादेखि नै लगातार वर्षा भइरहेका कारण असारको सुरुवातदेखि नै राजदुवाली पहिरोले उग्र रूप लिएको हो। राजमार्ग बन्द हुँदा इलाम, पाँचथर र ताप्लेजुङसहित मेची पहाडका लाखौँ नागरिक प्रत्यक्ष प्रभावित भएका छन्।

राजदुवाली क्षेत्रमा जमिन भासिने क्रम निरन्तर जारी छ। सामान्य पानी पर्दा समेत पहिरो खस्ने र हिलो जम्ने भएकाले ठूला तथा साना सवारी साधन गुड्न सक्ने अवस्था छैन। वर्षौँदेखि दीर्घकालीन समस्याको रूपमा रहेको यस सडक खण्डको स्थायी समाधानका लागि प्रयास भइरहेको दाबी गरिए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण समयमै काम पूरा हुन सकेको छैन।

केही समयअघि भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्सालले क्षतिग्रस्त सडक खण्डको स्थलगत निरीक्षण गर्दै ‘जसरी पनि बर्खायाममा यातायात सेवा सञ्चालन गर्न’ मातहतका निकायलाई कडा निर्देशन दिएका थिए। तर, मन्त्रीको निर्देशनपछि पनि सडक खुलाउने र मर्मत गर्ने कार्यले गति लिन नसक्दा नागरिकले सास्ती भोग्नुपरेको स्थानीय समाजसेवी ईश्वर चिपालुले गुनासो गरे।

वैकल्पिक सडकहरू पनि ठप्प
राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न सकिने अन्य ग्रामीण तथा कोरिडोर सडकहरूको अवस्था झनै नाजुक छ। वैकल्पिक मार्ग भनिएको मेची करिडोर र तिल्केनी–सिमल गोलाई सडक पनि पूर्ण रूपमा ठप्प छन्।

अघिल्लो वर्षको असोजमा आएको विनाशकारी बाढीले क्षति पु¥याएपछि हिउँदभर डाइभर्सन बनाएर मेची करिडोरमा गाडी चलाइएको थियो। तर, बर्खा सुरु भएसँगै पुवाखोलाको बाढीले उक्त डाइभर्सन बगाएको छ। बेलासीमा बेलिब्रिज जडान गरिए पनि पुवाखोलामा काम सुरु नै नहुँदा यो मार्ग बन्द भएको हो। पुल बनेकै खण्डमा पनि बेलासे–भञ्ज्याङ सडकको हिलाम्मे र जीर्ण अवस्थाका कारण तत्काल सहज यातायातको सम्भावना देखिँदैन।

त्यस्तै, तिल्केनी–सिमल गोलाई सडकको जोगमाई खोलामा रहेको बेलिब्रिज गत वर्षकै बाढीले बगाएको थियो। त्यसपछि स्थानीय प्रशासन र सडक डिभिजनले पटक–पटक अस्थायी डाइभर्सन बनाए पनि बाढीले लगातार बगाउने गरेको छ। त्यहाँ पुनः बेलिब्रिज जडान गर्ने योजना रहे पनि आर्थिक वर्षको अन्त्यसम्म पनि कार्य सुरु हुन सकेको छैन।

यता सडक डिभिजन कार्यालयले भने मन्त्रालयबाट वैकल्पिक सडकमा पर्ने खोलाका लागि बेलिब्रिज आउने आश्वासन पाए पनि त्यो कहिले आइपुग्ने भन्नेमा आफूहरू नै बेखबर रहेको जनाएको छ। कार्यालयका अनुसार मेची राजमार्गको राजदुवाली खण्ड समेत तत्कालै सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन।

बजारमा अभावको संकट, बिरामी मारमा
वैकल्पिक सडकहरू एकैसाथ ठप्प भएपछि इलाम सदरमुकाम, पाँचथर र ताप्लेजुङतर्फ जाने मालवाहक सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्। तराईबाट खाद्यान्न, तरकारी, एलपी ग्याँस र औषधि जस्ता अत्यावश्यक सामग्री बोकेर आएका सवारी साधनहरू राजदुवाली मुनिको क्षेत्रमा अलपत्र परेको उद्योग वाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौडेलले बताए। सडक लामो समय बन्द रहेमा बजारमा दैनिक उपभोग्य वस्तुको गम्भीर अभाव हुन सक्ने पौडेलको भनाइ छ।

सडक अवरोधको सबैभन्दा ठूलो मार आकस्मिक रूपमा उपचारका लागि झापा वा विराटनगर रिफर गरिने बिरामीहरूलाई परेको छ। एम्बुलेन्स समेत आवतजावत गर्न नपाउँदा बिरामीहरूको ज्यान जोखिममा परेको छ।

स्थानीय सरोकारवालाहरूले सडक डिभिजन, प्रदेश सरकार र संघीय सरकारलाई तत्काल मेची राजमार्ग खुलाउन र वैकल्पिक मार्गहरूमा युद्धस्तरमा काम गर्न माग गरेका छन्।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो