प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन सांसद राईको माग

काठमाडौं,३० असार । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्रीले संसद्को रोस्टमबाट दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्नु भएको छ। उहाँले प्रधानमन्त्रीको भनाइ सच्याउन र संसद्को अभिलेखबाट हटाउन माग गरेको लामो समय बितिसक्दा पनि कुनै प्रतिक्रिया नआएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ।

 

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले भन्नु भयो, ‘दुई महिना हाराहारी हुन लाग्यो, एक महिना क्रस भयो, प्रधानमन्त्री ज्यूले दिनुभएको अभिव्यक्ति करेक्सन गर्नुपर्छ र यो रोस्टममा बोल्नुभएको रेकर्डबाट हटाउनु पर्छ भनेको । यत्रो लामो समय भइसक्यो बरु ढुंगा बोल्छ, मान्छे बोल्दैन भन्थे, त्यस्तै भयो अहिले।’ उहाँले प्रधानमन्त्रीले विगतमा काठमाडौं महानगरपालिकाको मेयर हुँदा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई स्मरण गर्दै वर्तमान अवस्थामा त्यसले आफूलाई चिन्तित बनाएको बताउनु भएको छ ।

 

प्रधानमन्त्रीले विगतमा ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै उहाँले देशका महत्वपूर्ण संरचना र सार्वभौम निकायको सुरक्षाबारे प्रश्न उठाउनु भएको छ। ‘प्रधानमन्त्री ज्यूको त्यो नियतबस होइन, बाइमिस्टेक के बोल्न जाँदा के बोलेको हो भनेर उहाँले मिस्टेक भन्नुभयो भने पनि यो सदनमा आएर आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्छ,’ राईले भन्नु भयो। सांसद राईले वर्तमान सरकारले गरिब, निमुखा, श्रमिक र साना उद्यमीको हितमा काम नगरेको आरोप पनि लगाउनु भयो। उहाँले पठाओ राइडर, सुकुम्बासी तथा श्रमिक नागरिक माथि सरकार कठोर बनेको दाबी गर्दै यस्तो कार्य रोक्न आग्रह गर्नु भएको छ।

 

उहाँले लामो समयदेखि राज्यका विभिन्न निकायमा करार तथा श्रेणीविहीन कर्मचारीका रूपमा काम गरिरहेका हजारौँ कर्मचारीको विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसद राईले सर्वोच्च अदालतको आदेशअनुसार करार तथा अस्थायी कर्मचारीलाई महँगी भत्ता, सामाजिक सुरक्षा कोषलगायतका सुविधा उपलब्ध गराउन सरकारसँग माग गर्नु भएको छ।उहाँले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने बेला सरकारले कम्पनी खडा गरेर नीतिगत भ्रष्टाचार गर्न खोजेको आरोपसमेत लगाउनु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वविद्यालयहरूलाई राजनीतिमुक्त बनाउने उपकुलपतिहरूको साझा प्रतिबद्धता

काठमाण्डौ,३० असार । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको

११ महिनामै नेपालमा २१ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमान्डौं ,३० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा विदेशबाट आउने रेमिट्यान्स २१ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रकम

११ महिनामै नेपालमा २१ खर्बभन्दा बढी रेमिट्यान्स

काठमान्डौं ,३० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा विदेशबाट आउने रेमिट्यान्स २१ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रकम

प्रदेशमै उत्पादन कच्चा पदार्थबाट कोशी प्रदेशमा पोशाक

विराटनगर,३० असार । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२ / ०८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोशाक भत्ता कार्यान्वयनमा ल्याएको छ। कोशी

सामाजिक सञ्जालमा युवा कानुन व्यवसायी : मर्यादा र आचारसंहिताको लक्ष्मणरेखा

दमक,३० असार । वकालत अत्यन्त मर्यादित, संवेदनशील र प्रतिष्ठित पेशा हो। कानुनको व्याख्या गर्ने तथा न्याय निरूपणमा अदालतलाई सहयोग गर्ने गुरुत्तर जिम्मेवारी बोकेको हुनाले नै

उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौं,३० असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको निधनमा समवेदना व्यक्त गर्न मंगलबार कतार प्रस्थान गरेर्नु भएको