मिटरब्याज पीडित र गृहमन्त्रीबीच निजगढमा छलफल

रौतहट,३० असार । मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि सरकारको तर्फबाट पहल कदमी सुरु भएको छ । जनकपुरबाट काठमाडौँ केन्द्रित आन्दोलनका लागि पैदल यात्रा गरिरहेका पीडितहरूलाई भेट्न र उनीहरूका समस्याबारे प्रत्यक्ष संवाद गर्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ आइपुग्नु भएको छ । बुद्ध एयरको विमान मार्फत सिमरा विमानस्थलमा अवतरण गरेलगत्तै गृहमन्त्री गुरुङ सडक मार्ग हुँदै सोझै निजगढ पुग्नु भएको छ । निजगढमा शिविर बनाएर बसेका आन्दोलनरत पीडितहरूसँग मन्त्री गुरुङले प्रत्यक्ष छलफल र अन्तक्र्रिया सुरु गरिसकनु भएको छ ।

 

लामो समयदेखि न्यायको खोजीमा सडक संघर्ष गरिरहेका नागरिकलाई राज्यका तर्फबाट अभिभावकत्व दिन मन्त्री आफैँ मैदानमा उत्रिएपछि यो भेटवार्तालाई राजनीतिक र सामाजिक वृत्तमा निकै चासोका साथ हेरिएको छ । आफ्नो जायजेथा र उठिबास गराउने मिटरब्याजी (सामन्ती) प्रथाको समूल नष्ट हुनुपर्ने अडानमा रहेका पीडितहरूले सरकारसमक्ष स्पष्ट खाकासहित ६ बुँदे माग अघि सारेका छन् ।

 

उनीहरूले सरकार समक्ष फर्जी लिखत खारेज, विशेष ऐन निर्माण, न्यायाधिकरण गठन तथा पीडितको सम्पत्ति फिर्ता गर्न माग गरेका हुन्। छलफलका क्रममा गृहमन्त्री सुधन गुरुङले पीडितहरूका समस्या र मागप्रति सरकार गम्भीर रहेको र यस प्रथालाई कानुनी रूपमै अन्त्य गर्न गृह मन्त्रालयले गृहकार्य गरिरहेको आश्वासन दिनु भएको छ् । यद्यपि, पीडितहरूले भने विगतमा पनि पटक–पटक सहमति भएर कार्यान्वयन नभएको भन्दै यसपटक ठोस र लिखित निर्णय नभएसम्म आन्दोलन र यात्रा नरोक्ने अडान राखेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वविद्यालयहरूलाई राजनीतिमुक्त बनाउने उपकुलपतिहरूको साझा प्रतिबद्धता

काठमाण्डौ,३० असार । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको

११ महिनामै नेपालमा २१ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमान्डौं ,३० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा विदेशबाट आउने रेमिट्यान्स २१ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रकम

११ महिनामै नेपालमा २१ खर्बभन्दा बढी रेमिट्यान्स

काठमान्डौं ,३० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा विदेशबाट आउने रेमिट्यान्स २१ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रकम

प्रदेशमै उत्पादन कच्चा पदार्थबाट कोशी प्रदेशमा पोशाक

विराटनगर,३० असार । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२ / ०८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोशाक भत्ता कार्यान्वयनमा ल्याएको छ। कोशी

सामाजिक सञ्जालमा युवा कानुन व्यवसायी : मर्यादा र आचारसंहिताको लक्ष्मणरेखा

दमक,३० असार । वकालत अत्यन्त मर्यादित, संवेदनशील र प्रतिष्ठित पेशा हो। कानुनको व्याख्या गर्ने तथा न्याय निरूपणमा अदालतलाई सहयोग गर्ने गुरुत्तर जिम्मेवारी बोकेको हुनाले नै

उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौं,३० असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको निधनमा समवेदना व्यक्त गर्न मंगलबार कतार प्रस्थान गरेर्नु भएको