मानसिक स्वास्थ्यलाई राष्ट्रिय एजेन्डा बनाउन रास्वपा सांसदको माग

काठमाडौं,३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले देशभर आत्मदाह प्रयासका घटना बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्नु भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले आत्मदाह प्रयासका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सरकारले नागरिकको मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ । ‘देशभर आत्मदाह प्रयासका घटना बढ्दै गएको छ । बढ्दै गएको आत्मादहाको प्रयासका घटनाहरूले नागरीको मानसीक स्वास्थ्यसँगै केही गम्भीर प्रश्न खडा गर्दिएको छ,’ उहाँले भन्नु भयो।

 

नीति सुधारको नाममा सरकारले हतारमा निर्णय गरिरहेको हो कि भन्ने प्रश्न गर्दै उहाँले कानुन निर्माण गर्दा त्यसको प्रत्यक्ष असर नागरिक माथि परिरहेको हुन सक्ने भन्दै उहाँले सरकारलाई संवेदनशील बन्न आग्रह गर्नु भयो। उहाँले भन्नु भयो, ‘नीति सुधारको डौडमा रहेको हाम्रो सरकार कतै हतार त गरी रहेको छैन । जसका लागि कानुन बनाउँदै छौँ कतै उनीहरू कुनै मारमा त परि रहेका छैनन् । कि साँचै नागरिकले आफ्नो पिडा सुनाउन न्याय पाउन यस्तो आत्मघाती कदम चाल्नु पर्ने अवस्था आएको हो ।’ सुशासनलाई प्राथमिकतामा राखेको सरकारले अब मानसिक स्वास्थ्यलाई पनि राष्ट्रिय एजेन्डाका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो ।

 

‘शुसानलाई प्राथमिकतामा राखेको सरकारले अव नागरिकको मानसिक स्वास्थ्यलाई पनि प्राथमिक एजेन्डाको रूपमा स्थापित गर्न जरुरी छ,’ उहाँले भन्नु भयो, ‘राजनीतिक दायित्व सँगै हामीले सामाजिक र नैतिक जिम्मेवारलाई पनि संवेदनशीलताका साथ आत्मसाथ गर्न जरुरी छ ।’ उहाँले राजनीतिक दायित्वसँगै सामाजिक र नैतिक जिम्मेवारीलाई पनि संवेदनशीलता साथ आत्मसाथ गर्न जरुरी रहेको बताउनु भयो । हालैका घटनामा ज्यान गुमाएका गणेश नेपाली, विवेक मण्डल र अस्विन राउतप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वविद्यालयहरूलाई राजनीतिमुक्त बनाउने उपकुलपतिहरूको साझा प्रतिबद्धता

काठमाण्डौ,३० असार । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको

११ महिनामै नेपालमा २१ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमान्डौं ,३० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा विदेशबाट आउने रेमिट्यान्स २१ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रकम

११ महिनामै नेपालमा २१ खर्बभन्दा बढी रेमिट्यान्स

काठमान्डौं ,३० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा विदेशबाट आउने रेमिट्यान्स २१ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रकम

प्रदेशमै उत्पादन कच्चा पदार्थबाट कोशी प्रदेशमा पोशाक

विराटनगर,३० असार । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२ / ०८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोशाक भत्ता कार्यान्वयनमा ल्याएको छ। कोशी

सामाजिक सञ्जालमा युवा कानुन व्यवसायी : मर्यादा र आचारसंहिताको लक्ष्मणरेखा

दमक,३० असार । वकालत अत्यन्त मर्यादित, संवेदनशील र प्रतिष्ठित पेशा हो। कानुनको व्याख्या गर्ने तथा न्याय निरूपणमा अदालतलाई सहयोग गर्ने गुरुत्तर जिम्मेवारी बोकेको हुनाले नै

उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौं,३० असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको निधनमा समवेदना व्यक्त गर्न मंगलबार कतार प्रस्थान गरेर्नु भएको