कोशीमा सञ्चार प्रतिष्ठान गठनः रेडियो–टिभीको नवीकरण सुरु

विराटनगर,३१ असार । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका नवनियुक्त अध्यक्ष दीपक दाहालले प्रदेशभित्रका सञ्चार माध्यमलाई कानुनअनुसार व्यवस्थित गर्दै पत्रकारको क्षमता विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ् । प्रतिष्ठान गठन पछि अध्यक्ष दाहालले प्रतिष्ठानले आमसञ्चार क्षेत्रको संस्थागत विकास, नियमन र व्यावसायिक क्षमता अभिवृद्धिमा केन्द्रित भएर काम गर्ने बताउनु भएको छ । उहाँले प्रतिष्ठानले कानुनले दिएको अधिकार र जिम्मेवारीभित्र रहेर सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउने उल्लेख गर्नु भयो।

 

प्रदेश सरकारले सोमबार गठन गरेको प्रतिष्ठानको अध्यक्षमा दाहाल नियुक्त हुनु भएको हो । प्रतिष्ठानको प्रदेश प्रेस रजिस्ट्रारमा सुनसरीका पत्रकार लिलाराज भट्टराई नियुक्त हुनु भएको छ। सदस्यहरूमा शान्ति दाहाल (मोरङ), रमेशचन्द्र अधिकारी (धनकुटा), माला पालुङ्वा (ताप्लेजुङ), रेणु पराजुली (उदयपुर), विष्णुप्रसाद पोखरेल (झापा), अर्जुन राजवंशी (झापा) र ध्रुव ढकाल (सुनसरी) रहनु भएको छ । प्रदेश प्रेस रजिस्ट्रार भट्टराईले नियुक्त भए लगत्तै प्रतिष्ठानले रेडियो तथा टेलिभिजनको नवीकरण प्रक्रिया सुरु गरिसकेको जानकारी दिनु भएको छ । उहाँका अनुसार १०० वाटदेखि एक हजार वाट क्षमता सम्मका रेडियो तथा टेलिभिजनको नवीकरण भइरहेको छ ।

 

उहाँले प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने सञ्चार माध्यमलाई असार मसान्तभित्र नवीकरण गर्न आग्रह गर्दै आगामी आर्थिक वर्षदेखि नवीकरण प्रक्रिया पूर्ण रूपमा अनलाइन प्रणालीबाट सञ्चालन गर्ने तयारी भइरहेको बताउनु भयो। कोशी प्रदेश सरकारले आमसञ्चार सम्बन्धी ऐन, २०८२ अनुसार गठन गरेको प्रतिष्ठानले प्रदेशभित्र सञ्चालनमा रहेका आमसञ्चार माध्यमको दर्ता, नवीकरण, नियमन, अनुगमन तथा अभिलेखीकरणको जिम्मेवारी निर्वाह गर्नेछ । साथै स्वतन्त्र, मर्यादित र जिम्मेवार पत्रकारिताको विकास तथा सञ्चार क्षेत्रको संस्थागत सुदृढीकरणमा पनि प्रतिष्ठानले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मन्त्री पुनद्वारा गैरआवासीय नेपाली विज्ञहरूलाई आह्वान

काठमाडौं,३१ असार । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता र पेशाकर्मीहरूलाई नेपालको नवप्रवर्तन यात्रामा सक्रिय योगदान गर्न आह्वान गर्नु

कर्णाली प्रदेश सरकारबाट बाहिरियो काँग्रेस

सुर्खेत, ३१ असार । कर्णाली प्रदेश सरकार मन्त्री परिषद् बैठकमा गएका मन्त्रीहरु राजिनामा दिएर सरकारबाट बाहिरिएका छन् । बुधबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीपरिषदको बैठक

अतिक्रमण हटाएर जग्गा संरक्षणमा कोशी अस्पताल

विराटनगर,३१ असार । देशकै दोस्रो ठुलो सहर विराटनगरस्थित कोशी अस्पतालले अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याएर संरक्षण गर्ने अभियानलाई तीव्र बनाएको छ । सोही अभियानअन्तर्गत गत

पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजना र प्राथमिकता सार्वजनिक

काठमाडौं,३१ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३ / ८४ का लागि आफ्नो नीति तथा कार्यक्रमका प्राथमिकताहरू सार्वजनिक गर्दै पुँजी बजारमा

ग्यास सिलिन्डरको एकीकृत डिजिटल अभिलेख राख्न सरकारलाई संसदीय समितिको आग्रह

काठमाडौं,३१ असार । उद्योग तथा वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले देशभरका घरधुरीमा रहेका एलपी ग्यास सिलिन्डरको एकीकृत डिजिटल अभिलेख (डाटाबेस)

आजदेखि देशभर भरी ग्यास सिलिन्डर बिक्री सुरु

काठमाडौं,३१ असार । नेपाल आयल निगम लिमिटेडले आज (असार ३१ गते) देखि देशभर पुनः १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गरेको छ ।