उपभोक्तालाई राहत

आजदेखि देशभर भरी ग्यास सिलिन्डर बिक्री सुरु

काठमाडौं,३१ असार । नेपाल आयल निगम लिमिटेडले आज (असार ३१ गते) देखि देशभर पुनः १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गरेको छ । ग्यास आपूर्ति सहज भएसँगै पुरानै प्रणाली अनुसार भरी सिलिन्डर उपलब्ध गराउने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

 

मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार उपभोक्ताले अब १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर साबिककै मूल्य २ हजार ६० रुपैयाँमा खरिद गर्न सक्नेछन् । यसअघि भारतबाट ग्यास आयातमा समस्या आएपछि निगमले गत फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१ केजी) मा मात्र ग्यास भरेर बिक्री–वितरण गर्दै आएको थियो ।

 

हाल आयात सहज भएको र बजारमा भरी सिलिन्डरको माग बढेकाले पुनः पुरानै व्यवस्था लागू गरिएको निगमले जनाएको छ । निगमका अनुसार बजारमा केही समयसम्म ७.१ केजीको आधा सिलिन्डर र १४.२ केजीको भरी सिलिन्डर दुवै प्रकारका ग्यास सिलिन्डर उपलब्ध हुन सक्नेछन् ।

 

त्यसैले उपभोक्तालाई ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य राम्रोसँग जाँच गरेर मात्र खरिद गर्न आग्रह गरिएको छ । साथै, निगमले आवश्यकताभन्दा बढी ग्यास खरिद गरी घरमा भण्डारण नगर्न उपभोक्तासँग अनुरोध गर्दै सहज आपूर्तिका लागि सबैको सहयोग आवश्यक रहेको जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उपसभामुख रुवी कुमारी चीन प्रस्थान

काठमाडौं,३१ असार । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान गर्नु भएको छ । ठाकुरको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल आज बिहान चीन प्रस्थान गरेको हो

सेबोनको कडा चेतावनी : अवैध कारोबार गर्नेलाई कारबाही हुने

काठमाडौं,३१ असार । प्रि–आईपीओको नाममा सर्वसाधारणबाट पैसा उठाएर चलखेल गर्ने, झुटा प्रचार गर्ने र अवैध रूपमा सेयर बिक्री गर्नेहरू अब कारबाहीको दायरामा आउने भएका छन्।

मन्त्री पुनद्वारा गैरआवासीय नेपाली विज्ञहरूलाई आह्वान

काठमाडौं,३१ असार । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता र पेशाकर्मीहरूलाई नेपालको नवप्रवर्तन यात्रामा सक्रिय योगदान गर्न आह्वान गर्नु

कर्णाली प्रदेश सरकारबाट बाहिरियो काँग्रेस

सुर्खेत, ३१ असार । कर्णाली प्रदेश सरकार मन्त्री परिषद् बैठकमा गएका मन्त्रीहरु राजिनामा दिएर सरकारबाट बाहिरिएका छन् । बुधबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीपरिषदको बैठक

अतिक्रमण हटाएर जग्गा संरक्षणमा कोशी अस्पताल

विराटनगर,३१ असार । देशकै दोस्रो ठुलो सहर विराटनगरस्थित कोशी अस्पतालले अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याएर संरक्षण गर्ने अभियानलाई तीव्र बनाएको छ । सोही अभियानअन्तर्गत गत

पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजना र प्राथमिकता सार्वजनिक

काठमाडौं,३१ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३ / ८४ का लागि आफ्नो नीति तथा कार्यक्रमका प्राथमिकताहरू सार्वजनिक गर्दै पुँजी बजारमा