पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजना र प्राथमिकता सार्वजनिक

काठमाडौं,३१ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३ / ८४ का लागि आफ्नो नीति तथा कार्यक्रमका प्राथमिकताहरू सार्वजनिक गर्दै पुँजी बजारमा व्यापक सुधारको योजना अघि सारेको छ । बोर्डले सार्वजनिक गरेको प्रेस नोटअनुसार आगामी वर्ष लगानीकर्ताको सुरक्षा, बजारको आधुनिकीकरण र कारोबार लागतमा कमी ल्याउने विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

 

विशेषगरी सामाजिक सञ्जाल मार्फत प्रवाह हुने अनधिकृत लगानी परामर्श, ‘फिनइन्फ्लुएन्सर्स’का गतिविधि र भ्रामक प्रचारप्रसारबाट हुन सक्ने वित्तीय ठगी नियन्त्रण गर्न बोर्डले प्रभावकारी नियामक निगरानी बढाउने भएको छ । धितोपत्र सम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझमा अन्तर–निकाय समन्वयलाई थप सुदृढ बनाउँदै लगानीकर्ताको हित संरक्षण गर्ने बोर्डको लक्ष्य छ । बजारलाई थप व्यवस्थित बनाउन बोर्डले सार्वजनिक निष्कासन (आईपीओ) पूर्व कम्पनीहरूको वित्तीय र व्यवस्थापकीय पक्षको गहन अध्ययन गर्ने र ‘मार्जिन कारोबार’ लाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन नेपाल राष्ट्र बैंक र नेपाल स्टक एक्सचेन्जसँग आवश्यक समन्वय गर्ने जनाएको छ ।

 

लगानीकर्ताहरूको प्रमुख चासोको विषय रहेको कारोबार लागत घटाउन प्राथमिक तथा दोस्रो बजारको शुल्कमा पुनरावलोकन गरिने प्रतिबद्धता समेत बोर्डले जनाएको छ । यसका साथै, नेप्से सूचकाङ्कलाई थप वैज्ञानिक बनाउन कारोबारयोग्य सेयरका आधारमा नयाँ ‘बेन्चमार्क सूचकाङ्क’ विकास गर्ने योजना अघि सारिएको छ । धितोपत्र बोर्डले सामूहिक लगानी कोषको ‘लक–इन’ अवधि र बाँडफाँट सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरी बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने नीति लिएको छ । साथै, सामाजिक सञ्जाल प्रयोग गरी संगठित संस्थाहरूले गर्ने पुँजी संकलनलाई नियमनको दायरामा ल्याइनेछ ।

 

पुँजी बजारलाई विश्वसनीय, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउन बोर्डले आगामी दशकका लागि ’पुँजी बजार विकास मार्गचित्र’ समेत तयार पारेको छ । यी सुधारात्मक कदमहरूले राष्ट्रिय बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्दै देशको आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुरÞ्याउने विश्वास प्रवक्ता निरञ्जय घिमिरेद्वारा जारी विज्ञप्तिमा व्यक्त गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही