कर्णाली प्रदेश सरकारबाट बाहिरियो काँग्रेस

सुर्खेत, ३१ असार । कर्णाली प्रदेश सरकार मन्त्री परिषद् बैठकमा गएका मन्त्रीहरु राजिनामा दिएर सरकारबाट बाहिरिएका छन् ।

बुधबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीपरिषदको बैठक बोलाएका थिए । तर मन्त्रीहरु बैठकमा सहभागी नभएर सिँधै मुख्यमन्त्री कँडेललाई राजिनामा बुझाएर बाहिरिएको थिए । अकस्मात मन्त्रीहरुले राजिनामा किन गर्नु परेको भन्ने कारण बाहिरिएको छैन तर सरकार सञ्चालनमा देखिएको मतभेदकै कारण काँग्रेस सरकारबाट बाहिरिएको बताइएको छ ।

 

२०८१ साउनमा नेपाली काँग्रेस र एमालेको संयुक्त सरकारमा सहभागि नेपाली काँग्रेसका चार जना मन्त्रीले बुधबार सामाजिक राजिनामा दिएका हुन् । काँग्रेसबाट सरकारमा सहभागि मन्त्रीहरुको राजिनामासंगै कर्णालीमा नयाँ सत्ता समिकरण सुरु भएको छ ।

समाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा विजया बुढा र आर्थिक मामिला तथा योजना मन्त्रीमा राजिव विक्रम शाहले मुख्यमन्त्रीलाई राजिनामा बुझाएका हुन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उपसभामुख रुवी कुमारी चीन प्रस्थान

काठमाडौं,३१ असार । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान गर्नु भएको छ । ठाकुरको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल आज बिहान चीन प्रस्थान गरेको हो

सेबोनको कडा चेतावनी : अवैध कारोबार गर्नेलाई कारबाही हुने

काठमाडौं,३१ असार । प्रि–आईपीओको नाममा सर्वसाधारणबाट पैसा उठाएर चलखेल गर्ने, झुटा प्रचार गर्ने र अवैध रूपमा सेयर बिक्री गर्नेहरू अब कारबाहीको दायरामा आउने भएका छन्।

मन्त्री पुनद्वारा गैरआवासीय नेपाली विज्ञहरूलाई आह्वान

काठमाडौं,३१ असार । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता र पेशाकर्मीहरूलाई नेपालको नवप्रवर्तन यात्रामा सक्रिय योगदान गर्न आह्वान गर्नु

कर्णाली प्रदेश सरकारबाट बाहिरियो काँग्रेस

सुर्खेत, ३१ असार । कर्णाली प्रदेश सरकार मन्त्री परिषद् बैठकमा गएका मन्त्रीहरु राजिनामा दिएर सरकारबाट बाहिरिएका छन् । बुधबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीपरिषदको बैठक

अतिक्रमण हटाएर जग्गा संरक्षणमा कोशी अस्पताल

विराटनगर,३१ असार । देशकै दोस्रो ठुलो सहर विराटनगरस्थित कोशी अस्पतालले अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याएर संरक्षण गर्ने अभियानलाई तीव्र बनाएको छ । सोही अभियानअन्तर्गत गत

पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजना र प्राथमिकता सार्वजनिक

काठमाडौं,३१ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३ / ८४ का लागि आफ्नो नीति तथा कार्यक्रमका प्राथमिकताहरू सार्वजनिक गर्दै पुँजी बजारमा