सदनको अन्योल अन्त्य गर्न सभामुखलाई सांसद भाटको आग्रह

काठमाडौं,३१ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले प्रधानमन्त्रीको अभिव्यक्ति सम्बन्धी विवादमा सभामुखले यथाशीघ्र निर्णय लिनुपर्ने माग गर्नु भएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भाटले उक्त विषयमा लामो समयदेखि आपत्ति जनाउँदै आएको उल्लेख गर्दै अब सभामुखले आफ्नो विवेक, संसदीय नियम र मर्यादा अनुसार निर्णय लिनुपर्ने बताउनु भएको छ।

 

उहाँले भन्नु भयो, ‘सम्माननीय सभामुख महोदय, यो सदन हजुरको विवेकको निर्णय सुन्न चाहन्छ। हजुरको विवेकले के भन्छ? किनभने प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति हामीले महिनौँदेखि निरन्तर आपत्ति जनाउँदै आएका छौँ। यो विषयमा सदनको बहुमूल्य समय खर्च भइरहेको छ।’ भाटले यसरी अन्योलको अवस्था लामो समयसम्म कायम रहनु न संसदको गरिमा अनुकूल हुने, न संसदीय कार्यसञ्चालनकै हितमा हुने बताउनु भएको छ।

 

उहाँले सभामुखलाई सम्मानपूर्वक आग्रह गर्दै सकेसम्म छिटो निर्णय लिएर संसदलाई अनावश्यक गतिरोधबाट मुक्त गर्न र संसदीय कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी रूपमा अघि बढाउन पहल गर्न अनुरोध गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले

इटहरीको लाइसेन्स कार्यालयको सेवा अवरुद्ध

काठमाडौं,३१ असार । श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बुले यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा आएको समस्याका कारण इटहरीस्थित सवारी चालक अनुमति पत्र कार्यालयको सेवा प्रभावित