काठमान्डौं,३२ असार । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन तथा छानबिनसम्बन्धी सम्पूर्ण प्रक्रिया हालका लागि स्थगित गरेको छ।
आयोगले बुधबार जारी गरेको सूचनामा सर्वोच्च अदालतले असार ३१ गते दिएको अन्तरिम आदेशअनुसार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म सम्पत्ति विवरण सङ्कलन र छानबिनका सबै कार्य रोकिएको जनाएको छ।
यसअघि आयोगले पूर्वन्यायाधीश, संवैधानिक आयोगका पूर्वपदाधिकारी र नेपाली सेनाका पूर्वपदाधिकारीबाहेक सार्वजनिक जवाफदेहीको जिम्मेवारी निर्वाह गरेका राजनीतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण सङ्कलन गरिरहेको थियो।
सम्पत्ति विवरण बुझाउने अन्तिम म्याद आज ९३२ असार० सम्म तोकिएको थियो। तर सर्वोच्च अदालतको आदेशपछि उक्त प्रक्रिया तत्कालका लागि रोकिएको आयोगले स्पष्ट पारेको छ।









