६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित नगर उद्योग वाणिज्य संघको सभाहलमा मध्याह्न १२ बजे बस्ने यो बैठकलाई दुवै पक्षले ’निर्णायक’ रूपमा लिएका छन।

 

यसअघि मंगलबार र बुधबार दैनिक करिब पाँच–पाँच घण्टा चलेका पहिलो र दोस्रो चरणका वार्ताहरू विना निष्कर्ष टुङ्गिएपछि आजको छलफलमा सबैको ध्यान केन्द्रित भएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको नेतृत्वमा पीडितहरूले गत असार २५ गते धनुषाको जनकपुरस्थित ऐतिहासिक तिरहुतिया गाछीबाट काठमाडौं तर्फ ‘पैदल मार्च’ (न्याय यात्रा) सुरु गरेका थिए। चर्को घाम र वर्षाको पर्वाह नगरी न्यायको खोजीमा हिँडेका पीडितहरूको गुनासो सुन्न र आन्दोलनलाई सम्बोधन गर्न गृहमन्त्री गुरुङ आफैं बाराको निजगढ आइपुग्नु भएको छ।

 

आन्दोलनकारीहरूले गृह प्रशासन समक्ष आफ्ना समस्या समाधानका लागि स्पष्ट खाकासहित छ बुँदे माग अघि सारेका छन् । उनीहरू फर्जी लिखत खारेज, मिटरब्याजविरुद्ध शक्तिशाली विशेष ऐन निर्माण, विशेष न्यायाधिकरण गठन, साहु–महाजनको सम्पत्तिको छानबिन, पीडितको सम्पत्ति फिर्ता तथा न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गर्नुपर्ने लगायतका छ बुँदे माग गृहमन्त्रीसमक्ष राखेका छन ।विगत दुई दिनका वार्ताहरूमा मागका प्राविधिक र कानुनी जटिलतामाथि विस्तृत छलफल भएको बुझिएको छ ।

आन्दोलनकारीका प्रतिनिधिहरूले राज्यले ठोस र कार्यान्वयनयोग्य प्रतिबद्धता नजनाएसम्म आन्दोलन नरोक्ने अडान लिएका छन् भने सरकारी पक्षले कानुनसम्मत ढङ्गले समस्या समाधान गर्न गृहकार्य भइरहेको बताएको छ । आज मध्याह्न १२ बजे सुरु हुने तेस्रो चरणको वार्ताले मिटरब्याज पीडितहरूको यो लामो र कष्टकर सङ्घर्षलाई कसरी तार्किक निष्कर्षमा पुर्याउँछ भन्ने कुरा निर्धारण गर्नेछ । देशभरका हजारौं मिटरब्याज पीडितहरू अहिले निजगढको यो वार्तालाई निकै चासोका साथ हेरिरहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।